२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको बिहारबाट फर्केका वडाध्यक्षलाई देखियो कोरोनाको एन्टीबडी



अ+ अ-

धनुषा । भारत बिहारको मधुवनीबाट फर्किएका एक वडाध्यक्षमा कोरोना भाइरसविरुद्धको र्यापिड टेष्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ। धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्षमा कोरोना भाइरसविरुद्धको र्यापिड टेष्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएको हो ।

वडाअध्यक्षमा आरडिटी टेस्ट पोजेटिभ देखिएपछि स्वाब लिई पिसिआर परीक्षणका लागि दिने तयारी गरिएको प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जामुन सिंहले जानकारी दिए। उनी भारत बिहारको मधुवनीमा १ महिना बसी नेपालमा लकडाउन लागू भइसकेपछि आफ्नो गाउँ फर्केका थिए।

भारतबाट फर्केको थाहा पाएपछि आफूहरुले उनलाई गत चैत २४ गते वडा नम्बर ४ स्थित विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए। सिआर टेष्टका लागि उनलाई जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको छ।