१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको बिहारबाट फर्केका वडाध्यक्षलाई देखियो कोरोनाको एन्टीबडी



अ+ अ-

धनुषा । भारत बिहारको मधुवनीबाट फर्किएका एक वडाध्यक्षमा कोरोना भाइरसविरुद्धको र्यापिड टेष्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ। धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्षमा कोरोना भाइरसविरुद्धको र्यापिड टेष्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएको हो ।

वडाअध्यक्षमा आरडिटी टेस्ट पोजेटिभ देखिएपछि स्वाब लिई पिसिआर परीक्षणका लागि दिने तयारी गरिएको प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जामुन सिंहले जानकारी दिए। उनी भारत बिहारको मधुवनीमा १ महिना बसी नेपालमा लकडाउन लागू भइसकेपछि आफ्नो गाउँ फर्केका थिए।

भारतबाट फर्केको थाहा पाएपछि आफूहरुले उनलाई गत चैत २४ गते वडा नम्बर ४ स्थित विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए। सिआर टेष्टका लागि उनलाई जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको छ।