१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे

भ्रष्टाचार, कुशासन र मनपरीतन्त्रले सिमा नाघेपछि विस्फोटः कमल थापा

भ्रष्टाचार, कुशासन र मनपरीतन्त्रले सिमा नाघेपछि विस्फोटः कमल थापा
अ अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचार, कुशासन र मनपरितन्त्रले सिमा नाघेपछि आन्दोलन मार्फत विस्फोट भएको बताएका छन् ।

आज पार्टीआबद्ध किसान संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार विरुद्ध तत्काल प्रभावकारी कदम नचाले अर्को आँधिबेहरी आउने उनको दाबी थियो ।

उनले यो संविधानको विपक्षमा आफूहरुले मतदान गरेको स्मरण गर्दै यो संविधान अझै सर्वस्वीकार्य र सबै नेपालीको साझा संविधान बन्न नसकेको टिप्पणी गरे ।

१० वर्षको राजनीतिक अभ्यास र अनुभवबाट पाठ सिकेर सबै नेपाली शक्ति र विचार अटाउने राजनीतिक प्रणाली निर्माण गर्न आवश्यक भएको भन्दै थापाले भ्रष्टाचार र कुशासनको अन्त्यको निम्ति हालै भएको जेन्जी आन्दोलनले परिवर्तनको ढोका खोलेको समेत बताए ।

तर, परिवर्तन विरोधी तत्वहरूले आन्दोलनको भावनालाई अपहरण गरेर यथास्थितिलाई निरन्तरता दिने षडयन्त्र गरिरहेकोमा उनको आपत्ति थियो ।

आन्दोलनमा ७४ जनाको दुःखद निधन र खर्बौको सार्वजनिक र निजी सम्पत्ति नष्ट भएको केवल एकथान सरकार परिवर्तनको निम्ति मात्र नभएको थापाको जिकिर छ ।

विद्यमान व्यवस्थामा आमुल सुधार चाहने नेपाली जनताको भावनालाई दबाउने दुस्साहस कसैबाट पनि हुन नहुने भन्दै उनले बहुसंख्यक नेपाली जनताको चहानालाई सम्मान गर्दै प्रदेश संरचनाको खारेजी तथा हिन्दु अधिराज्यको पुनःस्थापना गर्न अब ढिलो गर्नु नहुनेमा समेत जोड दिए ।

कार्यक्रममा नेताहरु डा. बिष्णु भण्डारी, भाष्कर भद्रा, डम्बर शिवाकोटी लगायतले बोलेका थिए ।