१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घिमिरेको प्रश्न– ‘अन्तिम पंक्तिमा उभिएको नागरिकको जीवन बदल्न सक्यौँ त ?’ News Polar काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल News Polar कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि लामिछाने News Polar दसैँ नजिकिएसँगै काठमाडाैँका खुला बजारमा बढ्यो ग्राहकको चहलपहल News Polar आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्यमा विजय सम्बाहाम्फेको उम्मेदवारी News Polar कांग्रेसको १५औँ महाधिवेशनमा खुलामञ्च भरिभराउ, शीर्ष नेताको उपस्थिति News Polar तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन प्रचण्ड खुलामञ्च पुगे News Polar कांग्रेस सभापति थापाको राजनीतिक प्रतिवेदन : सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव News Polar ‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’ News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा

शहरबाट गाँउ झरेका युवा कृषि कर्ममा, दङ्दास परे वृद्धवृद्धा

शहरबाट गाँउ झरेका युवा कृषि कर्ममा, दङ्दास परे वृद्धवृद्धा
अ अ+ अ-

गलेश्वर । बेनी नगरपालिका–२ बगरफाँटका ८४ वर्षीय बाबुराम उपाध्यायले शहर बजारमा जागिर, व्यापार र अध्ययन गरेका युवाले मलको डोको बोकेर खेतमा धाएको पहिलो पटक देख्नुभयो ।

सधैँभरि शहर बजारमा विभिन्न पेशा, व्यवसाय, रोजगारी र अध्ययनलगायत कार्यमा व्यस्त रहने युवा÷युवती यतिबेला भने गाउँका पाखापखेरा, खेतबारी र घरगोठमा व्यस्त भएको देख्दा उहाँ दङ्ग पर्नुभएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्न शहरबजारमा रहने व्यक्तिहरु गाउँमा फर्केर कृषि कर्ममा लागेपछि अहिले गाउँको रौनक नै फेरिएको छ । यतिबेला रहरले सामाजिक सञ्जालमा तस्वीर राख्नका लागि मात्रै युवायुवतीले कृषि कर्म गरेको नभई आफ्नो धरातलीय यथार्थता बोध भएकै कारण उनीहरु कृषिकर्ममा नजिकिएका बगरफाँटका नारायणबहादुर कार्कीले बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका सचिव सुवर्ण रिजाल यतिबेला आफ्नो गाउँ पूर्णगाउँमा गहुँ काटेर मकै रोप्ने काममा व्यस्त हुनुहुन्छ । बेनीबजारको गणेश टोलमा फेन्सी पसल सञ्चालन गर्नुभएका रिजाल पसलमा ताला लगाएर गाउँ उक्लिएको ठ्याक्कै २४ दिन भयो । यी २४ दिनमा आफूले आफ्नो मनस्थिति नै फेरिनेगरी गाउँको वातावरणले प्रभावित भएको उहाँले बताउनुभयो । रिजालले भन्नुभयो, “वास्तवमा जीवनको साँचो आनन्द गाउँमा नै रहेछ । प्रकृतिसँग एकाकार हुँदै परिश्रम गर्नुको मजा नै बेग्लै हुँदोरहेछ ।”

जीवन सहज रहेछ– काठमाडौँबाट आफ्नो जन्मगाउँ पिपलबोट फर्किएकी २४ वर्षीया रश्मी सापकोटाले भन्नुभयो, “जीवनलाई असहज र कठिन त हामी (मानिस)ले नै बनाएका रहेछौँ ।” उहाँले भन्नुभयो, “राम्रोसँग चलाउन जान्ने हो भने जीवन गज्जबले चल्दो रहेछ । रु ५०० भए एक महिनासम्म पकेट मनि पुग्ने, ऐचौ–पैँचो र अर्म–पर्मबाट काम गर्न सकिने, आफ्नै खेतबारीमा प्राङ्गारिक रुपमा उत्पादन गरिएका खानेकुरा (खाद्यान्न, तरकारी र फलफूल) खाँदा हृष्टपुष्ट र रसिलो भरिलो भइने, गाउँ वास्तवमै हाम्रो जीवनको मूल रहेछ, शहरको रमझम र त्यहाँको अभ्यस्त वातावरणमा हामीले गाउँलाई बिर्सेका रहेछौँ, बल्ल चेत आएको छ ।”

सापकोटाकै विचारसँग मिल्दाजुल्दा भावहरु अहिले गाउँमा फर्किएर गाउँको प्राकृतिक सुन्दरता र कृषि कर्ममा लागेका अन्य युवायुवतीले व्यक्त गर्ने गरेका छन् । लकडाउनका कारण गाउँमा फर्किएर गाउँमा रहेका आफ्ना दौँतरी र बूढापाकासँग गफिँदै खेतबारीको काम गर्न पाउँदा अम्बोटका किरण घिमिरेलाई न कोरोनाको भय हुन्छ न मनोवैज्ञानिक त्रास । उहाँले भन्नुभयो, “सावधानी अपनाउन आवश्यक छ तर अनावश्यक भय र त्रास गाउँमा छैन ।”

शहरको तुलनामा गाउँको अनुशासन र वातावरण सयौँ गुणा उत्कृष्ट रहेको बताउँदै घिमिरेले भन्नुभयो, “शहर आवश्यकता हो, गाउँ वास्तविकता हो, आफ्नो आवश्यकता पूरा गरेपछि मानिस फर्किने भनेको गाउँमा नै हो, किनभने गाउँ प्रकृति हो, संस्कृति हो र जीवनको मूल हो ।”

“महान् दार्शनिक रुसोले भने झैँ अन्तिममा मानिस फर्किने प्रकृतितर्फ नै रहेछ” बेनी नगरपालिका–५ का शिव बानियाँले भन्नुभयो, “के छैन र गाउँमा, सबैथोक छ, मात्र अलिकति विकास, अलिकति गाउँमैत्री मानसिकता र अलिकति शहरिया दम्भ हटाउने हो भने गाउँमा नवजीवन छ, गाउँमा प्रकृतिको अनमोल धन छ ।”

“खेतबारी भरी वनमारा झारले साम्राज्य जमाएको रहेछ, पाँचदिन लगाएर फाँडेर सकेँ, अर्मनका केशव सापकोटाले भन्नुभयो, “१२ रोपनी पाखो बारी रहेछ, त्यहाँ अलैँची र सुन्तला खेती गर्नका लागि तयारी गर्दैछु ।” नयाँ पुस्ता यसरी कृषि कर्ममा रमाएको देखेपछि गाउँमा रहेका जेष्ठ नागरिक र अन्य समुदायमा नयाँ आशा पलाएको छ । गाउँ र खेतबारी हराभरा हुनेमा उनीहरु आशावादी बनेका छन् ।

शहरबजारबाट आफ्ना छोरानाति र छोरीबुहारीहरु गाउँ फर्किंदा सबैभन्दा खुशी वृद्ध भएका बुबाआमा र हजुरबुबा हजुरआमाहरु देखिनुहुन्छ । छोरानाति र छोरीबुहारीसँग भेट हुनका लागि दशैँ तिहार कुर्नुपर्ने विगतलाई अहिले कोरोनाको सन्त्रासले भुलाइदिएको उनीहरुको भनाइ छ ।