१३ असार २०८३, शनिबार
,
Latest
अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहरबाट गाँउ झरेका युवा कृषि कर्ममा, दङ्दास परे वृद्धवृद्धा



अ+ अ-

गलेश्वर । बेनी नगरपालिका–२ बगरफाँटका ८४ वर्षीय बाबुराम उपाध्यायले शहर बजारमा जागिर, व्यापार र अध्ययन गरेका युवाले मलको डोको बोकेर खेतमा धाएको पहिलो पटक देख्नुभयो ।

सधैँभरि शहर बजारमा विभिन्न पेशा, व्यवसाय, रोजगारी र अध्ययनलगायत कार्यमा व्यस्त रहने युवा÷युवती यतिबेला भने गाउँका पाखापखेरा, खेतबारी र घरगोठमा व्यस्त भएको देख्दा उहाँ दङ्ग पर्नुभएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्न शहरबजारमा रहने व्यक्तिहरु गाउँमा फर्केर कृषि कर्ममा लागेपछि अहिले गाउँको रौनक नै फेरिएको छ । यतिबेला रहरले सामाजिक सञ्जालमा तस्वीर राख्नका लागि मात्रै युवायुवतीले कृषि कर्म गरेको नभई आफ्नो धरातलीय यथार्थता बोध भएकै कारण उनीहरु कृषिकर्ममा नजिकिएका बगरफाँटका नारायणबहादुर कार्कीले बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका सचिव सुवर्ण रिजाल यतिबेला आफ्नो गाउँ पूर्णगाउँमा गहुँ काटेर मकै रोप्ने काममा व्यस्त हुनुहुन्छ । बेनीबजारको गणेश टोलमा फेन्सी पसल सञ्चालन गर्नुभएका रिजाल पसलमा ताला लगाएर गाउँ उक्लिएको ठ्याक्कै २४ दिन भयो । यी २४ दिनमा आफूले आफ्नो मनस्थिति नै फेरिनेगरी गाउँको वातावरणले प्रभावित भएको उहाँले बताउनुभयो । रिजालले भन्नुभयो, “वास्तवमा जीवनको साँचो आनन्द गाउँमा नै रहेछ । प्रकृतिसँग एकाकार हुँदै परिश्रम गर्नुको मजा नै बेग्लै हुँदोरहेछ ।”

जीवन सहज रहेछ– काठमाडौँबाट आफ्नो जन्मगाउँ पिपलबोट फर्किएकी २४ वर्षीया रश्मी सापकोटाले भन्नुभयो, “जीवनलाई असहज र कठिन त हामी (मानिस)ले नै बनाएका रहेछौँ ।” उहाँले भन्नुभयो, “राम्रोसँग चलाउन जान्ने हो भने जीवन गज्जबले चल्दो रहेछ । रु ५०० भए एक महिनासम्म पकेट मनि पुग्ने, ऐचौ–पैँचो र अर्म–पर्मबाट काम गर्न सकिने, आफ्नै खेतबारीमा प्राङ्गारिक रुपमा उत्पादन गरिएका खानेकुरा (खाद्यान्न, तरकारी र फलफूल) खाँदा हृष्टपुष्ट र रसिलो भरिलो भइने, गाउँ वास्तवमै हाम्रो जीवनको मूल रहेछ, शहरको रमझम र त्यहाँको अभ्यस्त वातावरणमा हामीले गाउँलाई बिर्सेका रहेछौँ, बल्ल चेत आएको छ ।”

सापकोटाकै विचारसँग मिल्दाजुल्दा भावहरु अहिले गाउँमा फर्किएर गाउँको प्राकृतिक सुन्दरता र कृषि कर्ममा लागेका अन्य युवायुवतीले व्यक्त गर्ने गरेका छन् । लकडाउनका कारण गाउँमा फर्किएर गाउँमा रहेका आफ्ना दौँतरी र बूढापाकासँग गफिँदै खेतबारीको काम गर्न पाउँदा अम्बोटका किरण घिमिरेलाई न कोरोनाको भय हुन्छ न मनोवैज्ञानिक त्रास । उहाँले भन्नुभयो, “सावधानी अपनाउन आवश्यक छ तर अनावश्यक भय र त्रास गाउँमा छैन ।”

शहरको तुलनामा गाउँको अनुशासन र वातावरण सयौँ गुणा उत्कृष्ट रहेको बताउँदै घिमिरेले भन्नुभयो, “शहर आवश्यकता हो, गाउँ वास्तविकता हो, आफ्नो आवश्यकता पूरा गरेपछि मानिस फर्किने भनेको गाउँमा नै हो, किनभने गाउँ प्रकृति हो, संस्कृति हो र जीवनको मूल हो ।”

“महान् दार्शनिक रुसोले भने झैँ अन्तिममा मानिस फर्किने प्रकृतितर्फ नै रहेछ” बेनी नगरपालिका–५ का शिव बानियाँले भन्नुभयो, “के छैन र गाउँमा, सबैथोक छ, मात्र अलिकति विकास, अलिकति गाउँमैत्री मानसिकता र अलिकति शहरिया दम्भ हटाउने हो भने गाउँमा नवजीवन छ, गाउँमा प्रकृतिको अनमोल धन छ ।”

“खेतबारी भरी वनमारा झारले साम्राज्य जमाएको रहेछ, पाँचदिन लगाएर फाँडेर सकेँ, अर्मनका केशव सापकोटाले भन्नुभयो, “१२ रोपनी पाखो बारी रहेछ, त्यहाँ अलैँची र सुन्तला खेती गर्नका लागि तयारी गर्दैछु ।” नयाँ पुस्ता यसरी कृषि कर्ममा रमाएको देखेपछि गाउँमा रहेका जेष्ठ नागरिक र अन्य समुदायमा नयाँ आशा पलाएको छ । गाउँ र खेतबारी हराभरा हुनेमा उनीहरु आशावादी बनेका छन् ।

शहरबजारबाट आफ्ना छोरानाति र छोरीबुहारीहरु गाउँ फर्किंदा सबैभन्दा खुशी वृद्ध भएका बुबाआमा र हजुरबुबा हजुरआमाहरु देखिनुहुन्छ । छोरानाति र छोरीबुहारीसँग भेट हुनका लागि दशैँ तिहार कुर्नुपर्ने विगतलाई अहिले कोरोनाको सन्त्रासले भुलाइदिएको उनीहरुको भनाइ छ ।