१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदिरा प्रतिबन्ध रहेको बिहारमा ‘मोटुलाल’ले पिए ७२ लाखको रक्सि, बेचे ४५ लाखको जमिन



अ+ अ-

एजेन्सी । सामाजिक सञ्जालमा कहिलेकाहीँ यस्ता भिडियोहरू पनि भाइरल हुन्छन्, जसले हामीलाई कुनै बानी (लत) कत्तिको खतरनाक हुन सक्छ भन्ने सोच्न बाध्य पार्छ ।

रक्सीको लत पनि त्यस्तैमध्ये एक हो । यो लत कत्तिको खतरनाक हुन सक्छ भन्ने कुरा बिहारका एक व्यक्तिको कथाबाट स्पष्ट बुझ्न सकिन्छ । यद्यपि, तपाईंलाई यो कुरा सुनेर अचम्म लाग्न सक्छ कि बिहारमा सन् २०१६ देखि नै रक्सी बिक्री प्रतिबन्धित छ ।

तर, हालै भाइरल भएको भिडियोमा बिहारकै एक व्यक्तिले आफूले अहिलेसम्म ७२ लाख बराबरको रक्सी पिएको दाबी गरिरहेको छ । तर उक्त भिडियोमा देखिएका र दाबी गर्ने ती व्यक्तिले कुन क्षेत्र वा जिल्लाको कुरा गरेका हुन् भन्ने स्पष्ट छैन ।

भिडियोमा उनले यसबारे पनि खोलेर बताएका छैनन् कि जब राज्यमा रक्सीबन्दी छ, तब उनले यो सबै आखिर कसरी गरे ।

रक्सीको लतका कारण बेच्नु पर्‍यो जमीन
ती व्यक्तिको नाम सार्वजनिक गरिएको छैन । सोसल मिडियामा भाइरल भएको अन्तरवार्तामा पत्रकारले उनलाई ‘मोटूलाल’ भनेर सम्बोधन गरेका छन् । मोटूलालले कुराकानीको क्रममा स्वीकारे कि रक्सीका कारण उनले आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरे । उनले भने, रक्सीको लत पूरा गर्नका लागि उनले ४५ लाख रुपैयाँको आफ्नो जग्गा बेचे । त्यति मात्र होइन, रक्सी पिउन पैसा जुटाउन उनले आफ्नी श्रीमतीका गहना समेत बेचिदिए ।

आमालाई पनि छोराप्रति रिस
उक्त अन्तरवार्तामा मोटूलालकी आमा पनि उपस्थित थिइन् । आमाको अनुहार छोराको अवस्था देखेर निकै दुःखी देखिन्थ्यो । आमालाई देख्दा सजिलै बुझिन्थ्यो कि परिवार कस्तो पीडामा छ । मोटूलाललाई जब सोधियो कि के उनलाई आफ्ना निर्णयहरूमा पछुतो छ ? उनले स्पष्ट भने, हो, मलाई पछुतो छ । तर, आज यदि म रक्सी पिउँदिनथेँ भने पक्कै आज करोडपति हुन्थेँ ।

मोटूलालको बानीबारे मानिसहरूले यसरी प्रतिक्रिया दिए

यो भिडियो अहिलेसम्म ४९ लाखभन्दा बढी पटक हेरिएको छ । यसमा लगातार मानिसहरूले प्रतिक्रिया दिइरहेका छन् । धेरैले मोटूलालकी आमाप्रति सहानुभूति प्रकट गरेका छन्, किनकि यति दुःख हुँदाहुँदै पनि उनले छोरालाई साथ छोडिनन् । त्यहीबेला केहीले मोटूलाललाई कडा आलोचना गरेका छन्, उनले रक्सीको कारण आफ्नो जीवन र परिवार दुबै बर्बाद पारेको भन्दै । भिडियोमा आएका कमेन्टहरू पनि निकै चर्चामा छन् ।

एक प्रयोगकर्ताले लेखे, “कति घर रक्सीको कारण बर्बाद भइसकेका छन् ।” अर्कोले लेखे, “आमाले फेरि पनि छोरालाई अँगालेकी छिन् । यही हो मातृत्व ।” केहीले मजाक गर्दै पनि प्रतिक्रिया दिएका छन् । एक प्रयोगकर्ताले लेखे, “बिहारको जीडीपीमा तपाईंको ठूलो योगदान छ, धन्यवाद ।” अर्कोले व्यङ्ग्य गर्दै लेखे, “तपाईंलाई २६ जनवरीको दिन राष्ट्रपति पुरस्कार दिनु पर्छ ।” त्यस्तै, एक रमाइलो कमेन्टमा कसैले लेखे, “भाइलाई धेरै अफसोस हुन्छ, अफसोस नहोस् भनेर भाइ फेरि रक्सी पिउँछन् ।”