१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे

मन्त्रीपरिषद्ले चाँडै पूर्णता पाउँछः मन्त्री घिसिङ

मन्त्रीपरिषद्ले चाँडै पूर्णता पाउँछः मन्त्री घिसिङ
अ अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रीपरिषदले चाँडै पूर्णता पाउने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंको नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभागको परिसरमा सरसफाई तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो ।

मन्त्री घिसिङले मन्त्रीपरिषदलाई पूर्णता दिने काममा ढिलाई नहुने कुरा प्रधानमन्त्री सुशीला कार्कीले आफूहरुसँग गरेको पनि बताउनु भयो । सम्बन्धित पक्षसँग वार्ता छिटो टुंग्याएर मन्त्रीपरिषद्लाई प्रधानमन्त्री कार्कीले छिट्टै पूर्णता दिनुहुने उहाँको भनाई थियो । मन्त्री घिसिङले सरकारले आफूले गर्नुपर्ने पुनर्निर्माण लगायतको काम शुरु गरिसकेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,’मन्त्रीपरिषदले अव चाँडै पूर्णता पाउँछ । सरकारले सरसफाईको काम आ आफ्नो मन्त्रालयमा शुरु गरिसकेका छौं । भोलेन्टियर साथीहरु पनि आउनुभएको छ । उहाँहरुलाई पनि हामीसँगै लिएर जान्छौं । विभिन्न संघ संस्थाका साथीहरु पनि आउने अवस्थामा हुनुहुन्छ । उहाँहरु सबैलाई पनि आह्वान गर्दछौ । र सरकारले आफूले गर्नुपर्ने कामहरु अगाडि बढाईसकेको छ । अक मन्त्रीपरिषद्ले चाँडै पूर्णता पाउँछ । मन्त्रीपरिषदलाई पूर्णता दिने कुरा प्रधानमन्त्रीले चाँडै गर्छु भन्नुभएको छ ।‘

सरकारले मन्त्रीपरिषद्लाई पूर्णता दिन ढिलाई गरेको गुनासो आइरहेका बेला मन्त्री घिसिङले अब ढिलाई नहुने बताउनु भयो । त्यस अवसरमा उहाँले जेनजी आन्दोलनको क्रममा ध्वस्त भएका संरचना निर्माणमा जुटन पनि सबैलाई आह्वान गर्नुभयो ।