२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा भित्र तिब्र असन्तुष्टि : दल बिभाजनकै संकेत !



अ+ अ-

काठमाडौ । नेकपाभित्र तीब्र रुपमा असन्तुष्टि बाहिर आएको देखिएको छ । सरकारले राजनीतिक दलसम्बन्धी विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने तयारी गरेसँगै यस्तो अवस्था देखिएको छ । बर्तमान कानून अनुसार राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकमा यसबारे छलफल भएको थियो । के बिषयमा संशोधन गर्ने भन्ने टुङ्गो लागिनसकेको उच्च श्रोतले बतायो । यता मन्त्री परिषद्को बैठक समकएलगत्तै पूर्बमाओबादीका तर्फबाट मन्त्री भएकाहरुको छुट्टै बैठक बसेर छलफलका लागि अध्यक्ष प्रचण्ड निबास खुमलटार पुगेका छन् । यो परिस्थिति एकाएक विकसित भएपछि नेकपामा फुटकै संकेत देखिएको बताइएको छ । स्रोतका अनुसार दुई अध्यक्ष ओली र प्रचण्डबीचको पछिल्लो समयको असमझदारी र सरकारको आलोचनामा पनि पूर्व माओवादी नेताहरु नबोलेको भन्दै ओली आक्रोषित भएपछि फुटतर्फ नेकपा अग्रसर भएको हो कि भन्ने आसय विश्लेषकहरुले नै राख्न थालेका छन् ।