८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

उर्जा विकास मार्गचित्र कार्यान्वयन गराउन चुक्दै सरकार

उर्जा विकास मार्गचित्र कार्यान्वयन गराउन चुक्दै सरकार
अ अ+ अ-

काठमाडौँ । सरकारले उर्जा विकास मार्गचित्र सार्वजिनक गरेको वर्ष दिन पूरा हुन थालेको छ ।

मार्गचित्रमार्फत वर्ष २०३५ सम्म नेपालको विद्युत जडित क्षमता २८ हजार पाँच सय मेगावाट पु¥याउने लक्ष्य लिइएका र त्यसमा १५ हजार मेगावाट निर्यात गर्ने र साढे १३ हजार नेपालमै खपत गर्ने लक्ष्य लिएको छ ।

त्यसमा भारतमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने लक्ष्य तोकिएको भएपनि लक्ष्य पूरा गर्ने गरी सरकार अघि बढ्न नसकेको उर्जा उत्पादकहरुले बताएका छन् । उनीहरुकाअनुसार खासगरी उर्जा उत्पादनको क्षेत्रमा रहेको तमाम समस्याहरुलाई हल गरेर अघि बढ्न सरकार चुकेको छ ।

स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत खरिद सम्झौता (पीपीए) लामोसमयदेखि रोकिँदा लगानीकर्ता निराश बन्दै गएको बताउनुभएको छ । उहाँकाअनुसार उर्जामार्गचित्रमा राखिएको भिजनअनुसार यो एक वर्षमा सरकार अघि बढ्न सकेन । एकपछि अर्को गर्दै उर्जा उत्पादकले कैयौँ समस्याहरु झेल्नुपरेको र सरकारले नीतिगत रुपमै उर्जा उत्पादकहरुलाई धेरै कस्दा मार्गचित्रअनुसार काम गर्न निकै समस्या परेको कार्कीले बताउनुभएको छ ।

अध्यक्ष कार्कीले भन्नुभयो–‘उर्जा मार्गचित्रमा के के गर्नुपर्छ प्रष्ट भिजन आएको थियो । तर मार्गचित्र आएको १ बर्ष बितिसक्यो, कार्यान्वयन हेर्दा पूरा हुन्छ र अघि बढ्छ भन्नेमा अलिकति विश्वास नभएको देखिन्छ । उर्जामार्ग चित्र आउँदा जनता पनि धेरै उत्साहित थिए । उत्साहित भएकै कारण पीपीए खोलिएको थियो र भइहाल्छ होला, अघि बढिहाल्छ होला भन्ने थियो । पीपीए पनि अहिले हुने हो की होइन भन्नेमा दुविधा छ । त्यसैकारण सरकारले साच्चै गर्ने के त अब ? ५/१० वर्षपछि हामी कहाँ पुग्ने ? सच्चै अब भिजन तयार गरेर अघि नबढ्ने हो भने यो क्षेत्रमा होइन, कुनै पनि क्षेत्र अगाडी बढ्दैन । आजको दिनमा झन्डै तीनहजार मेगावाट आयोजनाहरु निर्माणमा छन् । कुनै निर्माणको चरणमा छन् । यसैले गर्दा नेपालका थ्रुपै उद्योगहरु चल्ने वातावरण बनेको छ । जलविद्युत बाहेकका अन्य आयोजनाहरु त्यसरी उत्साहजनक तवरले निर्माणमा गएका छैनन् । यो एउटा उद्योग चलाउँदा मात्र नेपालका समस्त उद्योगहरु चलायमान हुन्थ्यो । रोजगारीका वातावरण सिर्जना हुँदैन जान्थ्यो । हामीसँग प्रचुरमात्रमा बिजुली भएपछि खपत्का कुराहरु हुन्थ्यो होला । खपत गदै जान्थ्यौं होला । त्यो सँगसँगै बिक्रिका कुराहरु हुन्थे होला । भारतले बिजुली किन्छ की किन्दैन् भन्ने कुरा पहिला बिजुली भएपछि मात्र थाहा हुन्छ । हामीसँग बिजुली नै छैन् ५ वर्षमा किन्छ की किन्दैन ? हामीले ५ वर्षपछि बिजुली दिन्छौं भन्ने ज्ञारेन्टी पनि गर्न सकेनौँ नि । त्यसकारण हामीले उत्पादन यति गदौँ छौं है, हाम्रो निर्माण सुरु भइसक्यो, हामी यति बिजुली दिनसक्छौं है भनेर भारतीय, बंगलादेशीहरुलाई भन्न सक्ने अवस्थामा पुग्नुपर्छ । त्यसकारण अब नयाँ सोचका साथ अघि बढ्नुपर्छ ।’

इप्पानकाअनुसार उर्जामार्गचित्रअनुसार अघि बढ्ने हो भने अब ऊर्जा मन्त्रालयले गर्ने कामहरुमा वन मन्त्रालयसँग सम्बन्धित इआईए/आइईईमा सहजीकरण गर्नुपर्ने, विद्युत खपत वृद्धिको योजना ल्याउनुपर्छ । प्रशारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्छ भने विद्युत नियमन आयोगले स्वीकृत दिइसकेपछि पनि लामो समयदेखि धितोपत्र बोर्डमा रोकिएका जलविद्युत कम्पनीको सेयर यथाशिघ्र निष्कासनको लागि पहल गर्नुपर्छ  र विद्युत व्यापारमा निजी क्षेत्रलाई बाटो खुलाउनुपर्छ । विद्युत विकास विभागले गर्नुपर्ने कामहरुमा विद्युत ऐन, २०४९ अनुसारनै अनुमतिपत्रको अवधि ५० वर्ष पु¥याउनुपर्छ । उत्पादन अनुमतिपत्रको समय आरसीओडीसँग मेल खाने गरी अनुमति दिने व्यवस्था गर्नुपर्छ र जथाभावी दण्ड जरिवानालाई निरुत्साहित गरी अनुमतिपत्र सम्बन्धी निर्देशिका संसोधन गर्नुपर्छ ।

निजी क्षेत्रले धेरै ठोक्किनुपर्ने विद्युत प्राधिकरणले गर्नुपर्ने कामहरुमा अहिलेसम्म कनेक्सन एग्रिमेण्ट र पीपीएका लागि आवेदन दिएका आयोजनाहरुको पीपीए अघि बढाउनुपर्छ भने आरसीओडी म्याद ३ बर्ष थप गर्नुपर्छ, १० मेगावाटसम्मका आयोजनाको पीपीए तुरुन्तै अघि बढाउनुपर्छ,  कन्टिन्जेन्सी व्यवस्था खारेज गर्नुपर्छ, हाइड्रोलोजी पेनाल्टी खारेज गर्नुपर्छ, इनर्जी टेबल परिमार्जन गर्ने व्यवस्था गर्नुपर्छ र निर्माणमा रहेका आयोजनाको क्षमता २५ प्रतिशतसम्म वृद्धि हुँदा बढी क्षमतामा क्यूमा नबसी स्वत पीपीए हुने व्यवस्थालाई निरन्तरता दिनुपर्ने अध्यक्ष कार्की बताउनुहुन्छ ।

अध्यक्ष कार्कीकाअनुसार पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले बिजुलीको बजार नभएको भन्दै लामोसमयदेखि विद्युत खरिद सम्झौता (पीपीए) रोकेको र यसले निजी क्षेत्रका लगानीकर्ताको मनोबल गिराएकोबारे उर्जामन्त्री कुलमान घिसिङसँग पनि हालै इप्पानका पदाधिकारीले भेटेर जानकारी गराएको थियो । त्यसक्रममा मन्त्री घिसिङले निजी क्षेत्रलाई अझ बढी लगानीका लागि प्रोत्साहन गरिने बताउनु भयो । उहाँले नियमावली निर्देशिका परिवर्तन भए मन्त्री परिषदबाटै गर्ने र ऐन नै परिवर्तन गर्नुपरेपनि अध्यादेशबाट गर्ने बताउनुभएको थियो ।

उहाँले ऊर्जा लगायतका पूर्वाधार क्षेत्रको विकासका लागि वन क्षेत्रको समस्या समाधान नगरेमा असम्भव देखिएको बताउँदै यसका लागि प्रधानमन्त्रीसँग सल्लाह गरेर नियमावली, निर्देशिकादेखि ऐन संशोधनसम्मको काम अघि बढाउने बताउनुभएको थियो । मन्त्री घिसिङले ऊर्जा, पूर्वाधार लगायतका क्षेत्रमा वनसँग ठोक्किने ठोस समस्या र समाधानका उपायसहित अघि बढ्न पनि इप्पानलाई आग्रह गर्नुभएको थियो ।

घिसिङले पीपीए, आरसीओडी म्याद थप, कन्टीजेन्सी लगायतबारे आफूहरु जानकार रहेको बताउँदै समस्या समाधानका लागि पहल गर्ने बताउनुभएको थियो ।