१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे

संविधान र राष्ट्रपति संस्थालाई खारेज गर्न खोजियो, मैले जोगाएँः अध्यक्ष दाहाल

संविधान र राष्ट्रपति संस्थालाई खारेज गर्न खोजियो, मैले जोगाएँः अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले संविधान र राष्ट्रपति संस्थालाई जोगाउन आफूले सहजीकरणको भुमिका खेलेको दाबी गर्नुभएको छ ।

शुक्रवार संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले जेन–जी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि संविधान खारेज गर्ने र राष्ट्रपति संस्थामाथि पनि प्रहार गर्ने प्रयास भएको जिकिर गर्नुभयो । रातभर राष्ट्रपति, प्रधानसेनापती र राजनीतिक दलका नेतहरुसँग छलफल संविधान र राष्ट्रपति संस्थालाई जोगाउँदै अन्तरिम सरकार गठनका लागि सहजिकरण गरेको उहाँको दाबी छ । संविधान र राष्ट्रपतिको संस्था जोगाउनुमा माओवादी केन्द्रको पनि ठूलो योगदान रहेको भन्दै उहाँले त्यसलाई जोगाउनु आफ्नो राजनीतिक जिम्मेवारी भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘इतिहास, घटनाक्रम र संयोगले मलाई फेरी यो प्रक्रियामा कुनै न कुनै रुपमा सहजिकरण गर्ने अवसर दियो । मैले संसद विघटन मात्रै होइन संविधान खारेज गर्ने राष्ट्रपतिलाई पदबाट हटाउन के कस्ता कसरतहरु भए भन्ने कुराहरु नजिकबाट हेर्ने र नजिकबाट बुझ्ने मौका पाएँ । र मैले यसका लागि हुनसक्ने सहजीकरण के हुनसक्छ भनेर रातभर बसेर सम्माननीय राष्ट्रपति, प्रधानसेनापति र अन्य दलका नेताहरुसँग पनि संवाद गरेर अन्तरिम सरकारको अहिले जे रुप देखिएको छ । त्यो रुपमा गएर भएपनि संविधान बचाउनुपर्छ । संविधान सामान्य कुरा होइन । र राष्ट्रपतिको संस्थालाई हरहालतमा बचाउनुपर्छ । यो संविधान र राष्ट्रपति संस्थासँग हामी माओवादी केन्द्रको पनि निकै ठुलो योगदान रहेको छ । त्यसकारण हामीलाई त्यो भन्ने अधिकार थियो, छ कि राष्ट्रपतिजीले यो देश र संविधानलाई रक्षा गर्नको निम्ति हामी छौं, हामीले सहयोगको संकल्प गर्दा पैदा हुने मानसिकता मैले नजिकबाट देखेँ ।’

उहाँले नेपालको सबैभन्दा ठूलो जेन जी आन्दोलन माओवादी जनयुद्ध नै भएको समेत जिकिर गर्नुभयो । उहाँले जेन–जी पुस्ताको आन्दोलनमा व्यवस्थाविरोधी शक्तिहरुले घुसपैठ गरेको पनि टिप्पणी गर्नुभयो ।