२७ असार २०८३, शनिबार
,
Latest
अत्याधिक गर्मीका कारण फ्रान्सको लुभ्र सङ्ग्रहालयको सञ्चालन समय कटौती चीनको प्रसिद्ध ‘हुको छहरा’ मा मुख्य बाढीको सिजन शुरु अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण जनजीवन प्रभावित, भवन भत्किँदा ३ जनाको मृत्यु अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन जी आन्दोलनको आक्रोशको ज्वाला आगोमा परिणत हुँदा देश ध्वस्त भयोः अष्टलक्ष्मी शाक्य



photo: rss
अ+ अ-

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जेन जी आन्दोलनको आक्रोशको ज्वाला आगोमा परिणत हुँदा देश ध्वस्त भएको बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देश नै रोइरहेको भन्दै अब शोकलाई शक्तिमा परिणत गर्नुपर्ने बताउनु भयो । नयाँ युवा पुस्ताका मागहरु भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने त्यो माग नाजायज नभएको बताउनु भयो । सरकारले पनि क्रमशः भ्रष्टाचारमुक्त नेपाल बनाउने भनेर योजनावद्ध ढंगले लागेको जिकिर गर्नुभयो । आन्दोलनको मागलाई अबको दिनमा सम्बोधन गर्नुपर्ने बताउनु भयो । जेन जी पुस्तालाई कस्तो दृष्टिकोणले हेर्ने भन्नेमा सबै राजनीतिक दलहरु स्पष्ट हुन जरुरी रहेको बताउनु भयो ।

जेन जी पुस्ताले देशमा केही गर्नुपर्छ भन्ने भावना राखेर आन्दोलन अघि बढाएपनि धमिलो पानीमा माछा मार्ने काम भएको बताउनु भयो । नेकपा एमालेलाई पुनःगठन गर्दै नयाँ ढंगबाट लोकतान्त्रिक व्यवहारका साथ अघि बढ्नुपर्ने बताउनु भयो । शोकलाई अब शक्तिमा बदलेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले नेपाली जनताको एकतालाई अझ बलियो बनएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । समयमै निर्वाचन हुनुपर्ने बताउनु भयो । राम्रा कामहरुको आत्मसाथ गर्दै कमी कमजोरी सच्याएर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

उपाध्यक्ष शाक्यले भन्नुभयो, ‘आक्रोशको ज्वाला आगोमा परिणत हुँदाखेरी देश ध्वस्त भयो । त्यसो भएको हुनाले पनि हामी धेरै पीडित छौँ । मर्माहत छाँै । शोकाकुल छौँ । अत्यन्तै पीडामा छौँ । नयाँ युवा पुस्ताका मागहरु भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने त्यो माग नाजायज थिएन । सरकारले पनि क्रमशः भ्रष्टाचारमुक्त नेपाल बनाउने भनेर योजनावद्ध ढंगले लागेको पनि थियो । तर त्यो आन्दोलनको मागलाई हामीले अबको दिनमा सम्बोधन गर्नुपर्छ । बेवास्त गर्नु हुँदैन । जेन जी पुस्तालाई हामीले कस्तो दृष्टिकोणले हेर्ने सबै राजनीतिक दलहरु स्पष्ट हुन जरुरी छ ।

रोजिोटीको लागि अघि बढिरहेको बेलामा, आमाको काख छोडेर विदेश धाइरहेको बेलामा, जन्मिएको माटोलाई छोडेर विदेश दौडिरहेको बेलामा जेन जी पुस्ताले देशमा केही गर्नुपर्छ भन्ने भावना राखेर यो आन्दोलन अघि बढाए । तर धमिलो पानीमा माछा मार्ने भनेझैँ अनेकौँ तत्वहरुले त्यसलाई दुरुपयोग गर्ने काम गरे । जसले धेरै युवा पुस्ताको ज्यान गयो । अहिले देश रोईरहेको अवस्था छ । अब सबै राजनीतिक दलहरु यति बेला अब पुनःगठन हुनुपर्छ । नयाँ सोचका साथ अघि बढ्नुपर्छ । राम्रा कामहरु आत्मसाथ गर्दै कमी कमजोरी सच्याएर अघि बढ्नैपर्छ । अहिले परिस्थिति सहज छैन । तर यो असहज परिस्थितिलाई सहजतामा परिणत गर्नसक्छौँ भन्ने अठोट लिनुपर्छ ।  ’

उपाध्यक्ष शाक्यले अफ्ठ्यारो परिस्थितिमा पनि मनोबल कमजोर बनाउन नहुने बताउनु भयो । मनोबल दह्रो बनाएर अघि बढ्दै देश विकासमा लाग्नुपर्ने बताउनु भयो । आक्रोशको ज्वालाले देश ध्वस्त भएको बताउँदै सुरक्षा निकायहरु असुरक्षित रहेको अवस्था रहेको बताउनु भयो । एकतावद्ध भएर नयाँ ढंगबाट अघि बढ्न जरुरी रहेको जिकिर गर्नुभयो । नयाँ नेपाल आफूहरुले नै बनाउने र समृद्ध नेपाल नेपालीहरुले नै बनाउनुपर्ने बताउनु भयो । त्यसका लागि नेपालीहरुका बीचमा बलियो एकताको आवश्यकता जरुरी रहेको बताउनु भयो ।