१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे

कांग्रेसका महामन्त्रीलाई प्रश्न— उपचाररत सभापतिको स्वास्थ्यलाभको कामना गर्ने कि पद छोड् भन्ने ?

कांग्रेसका महामन्त्रीलाई प्रश्न— उपचाररत सभापतिको स्वास्थ्यलाभको कामना गर्ने कि पद छोड् भन्ने ?
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई नेपाली जनसम्पर्क समितिहरूका सभापतिले आन्दोलनकारीबाट कुटाइ खाई सख्त घाइते भएर अस्पतालको बेडमा रहेका आफ्ना पार्टी सभापतिको स्वास्थ्यलाभको कामना गर्न नसकेको भनेर आलोचना गरेका छन् ।

नेपाली कांग्रेसको जनसम्पर्क समिति विभागको भर्चुअल बैठकमा विभिन्न देशका समिति सभापतिहरुले यस्तो अवस्थामा पनि पार्टीले उक्त कार्यको विरोध र भत्र्सना गर्न नसकेको भनेर आक्रोस पोखेका हुन् ।

सो बैठकमा विभिन्न ३८ देशका समिति सभापतिहरु सहभागी भएका थिए र २५ जनाले धारणा राखेका थिए । उनीहरुले नेपाली कांग्रेसका महामन्त्री थापा र शर्मालाई सो प्रश्न गर्दै भनेका थिए— पार्टी सभापति र बहालवाला परराष्ट्र मन्त्रीले आन्दोलनकारीबाट कुटाई खाएको त यहाँहरुले पनि देख्नुभएकै होला नि । तर त्यसपछि यहाँहरु आफ्ना भिडियो सन्देशहरु लिएर आउनुभयो, त्यो राम्रै हो । तर पनि अस्पतालको बेडमा रहेका सभापति र पार्टीका केन्द्रीय सदस्यमाथिको हमलाको विरोध गर्न किन डराउनुभयो ? यो महामन्त्रीको दायित्वभित्र पर्छ कि पर्दैन ?

जेनजी आन्दोलनका क्रममा २४ भदौमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीहरु प्रवेश गरेर उहाँ र बहालवाला परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि कुटपीट गरेका थिए । त्यस दिन महामन्त्रीहरुसहित देशका विभिन्न क्षेत्रमा कांग्रेसका नेताका घरमा पनि हमला भएको थियो ।

त्यसपछि सभापति देउवा दम्पत्ति अस्पतालमा उपचाररत छन् । यता महामन्त्री थापा र शर्माले भने भिडियोमातर्फत् आफ्ना भनाईहरु राखिरहेका छन् । त्यसमा आफ्नै पार्टी सभापति देउवाका बारेमा केही बोलेका छैनन् । उनीहरुले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने र नयाँ ढंगले सच्चिएर अघि बढ्नुपर्ने बताएका छन् ।

उनीहरुको विचार समय सापेक्ष रहे पनि आफ्नै पार्टी सभापति आन्दोलनकारीको आक्रमणबाट घाइते भइ अस्पतालमा रहेका बेला उक्त घट्नाको विरोध गर्ने र उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिने काम किन नगरेको भनेर समिति सभापतिहरुले गुनासो पाखेका हुन् ।

थापा र शर्माका कैयौँ भिडियोहरुमा पनि उपचाररत आफ्नै पार्टी सभापतिप्रति स्वास्थ्यलाभको कामना समेत गर्न नसकेकोमा पनि उनीहरुले जिज्ञासा राखेका थिए । बरु अस्पतालको बेडमा उपचार गराइरहेका पार्टी सभापतिले अब पद छोड्नुपर्ने र आगामी दिनमा पार्टीले नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने उनीहरुको भिडियो सन्देशमा आएको छ ।

अस्पतालको बेडमा रहेका सभापतिलाई कस्तो अवस्थामा पार्टी छोड्न भनेको भनेर पनि उनीहरुले आक्रोस पोखेका छन् । महामन्त्रीद्वयलाई पार्टीको नेतृत्व परिवर्तनका विषयमा हतास र हतार रुपमा आफ्ना धारणा राखेको पनि समितिका प्राय सबैजसो सभापतिहरुले बताएका थिए ।

उक्त बैठकमा महामन्त्री शर्माले भने प्रतिनिधिसभा विघटन गरी अन्तरिम सरकार गठन भएको र देश निर्वाचनमा जाने विषयको छलफल प्रारम्भ भएको भन्दै कांग्रेसको आगामी बाटोका बारेमा सुझाव मागेका थिए ।

त्यसक्रममा जनसम्पर्क सभापतिहरूको साझा भनाइ भने यसको विषयमा केन्द्रीय समितिले निर्णय गरेर पार्टीको अवधारणा बनेपछि मात्र आफूहरूले सुझाव राख्न सक्ने बताएका थिए ।

महामन्त्रीले राखेका विषयमा पार्टीले आजसम्मका आफ्ना गल्ती कमीकमजोरी स्वीकार गरेर मात्र फेरि पनि कांग्रेसलाई जनताले विश्वास गर्ने बताएका थिए ।

‘जेन–जी’ युवामाथि गोली चलाएपछि मानिसहरूमा एक प्रकारको आक्रोश रहेको भन्दै कांग्रेस र एमालेले त्यस विषयमा अब खुला रुपमा आफ्ना धारणा राख्नुपर्ने नत्र देश गृहयुद्धतर्फ धकेलिन सक्ने अवस्था रहेको बताएका थिए । यस्तो अवस्थामा कांग्रेसको समन्वयकारी भूमिका देशले खोज्ने गरेको र अबका दिनमा पनि त्यही अवस्था आउने उनीहरुले बताएका थिए ।

उनीहरूले फेसबुकमार्फत महामन्त्रीहरुले सार्वजनिक गरेको धारणा र पार्टीको धारणाका बीचमा केही फरक छ कि छैन ? आफूहरुले तथा समग्र कांग्रेसका कार्यकर्ताले यसलाई कसरी बुझ्ने भन्ने प्रश्न गर्दै तपाईंहरूले सभापतिलाई भेट्नुभयो कि भेट्नुभएन ? उहाँको स्वास्थ्य अवस्था कस्तो छ ? सभापतिलाई पार्टीको सद्भावको जरुरत छ कि छैन ? यो अवस्थामा उहाँलाई पार्टीको सद्भाव आवश्यक छ कि नेतृत्वबाट विस्थापनको ? भनी प्रश्न गरेका थिए ।

ती प्रश्नमा महामन्त्री शर्माले आफूहरुले पार्टी सभापतिलाई भेट्न नपाएको बताएका थिए । उनीहरुले सभापतिलाई नभेटेको तथा कार्यसम्पादन जस्तै गरी केन्द्रीय समितिको बैठक नराखेको विषयमा पनि प्रश्न उठाएका थिए ।

सभापतिलाई घरबाट कुटपिट गरेर लखेटिएपछि घर कब्जामा लिएर आन्दोलनकारीहरुले विभिन्न भिडियो बनाएका, पैसा भेटिएको जस्ता भिडियो प्रचारमा ल्याएर बदनाम गरिएको अवस्थामा उहाँहरु अस्पतालको बेडमा रहेकाले यसको आधिकारिकता के हो भन्ने बारेमा पनि महामन्त्रीले अथवा पार्टीले यसप्रति आधिकारिक धारणा राख्नुपर्दैन भनेर पनि प्रश्न गरेका थिए ।

जनसम्पर्क समिति समन्वय विभागका सभापति किरणराज पौडेलले सो भर्चुअल बैठकको आयोजना गरेका थिए ।