२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान रक्षा गर्न एकढिक्का हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई राजनीतिक अस्थिरता र अन्योलतातर्फ धकेलिन नदिन राजनीतिक दलहरुले मिहिनेतपूर्वक काम गर्नुपर्ने बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले देशको सार्वभौमसत्ता, अखण्डता र स्वाधिनता अटल राख्न सबै जिम्मेवारी पक्षले परिस्थितिको सुक्ष्म विश्लेषण गरी विवेकपूर्ण ढंगले अग्रसर हुनपर्ने बताउनुभएको हो ।

उहाँले वर्तमान परिस्थितिमा दलहरु बीचको आपसी प्रतिस्पर्धालाई थाँती राख्दै, मनोमालिन्यता र तिक्ततालाई हटाएर संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि एक ढिक्का हुन आह्वानसमेत गर्नुभएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2025/09/Bidhya-Bhandari.pdf” title=”Bidhya Bhandari”]