२७ असार २०८३, शनिबार
,
Latest
अत्याधिक गर्मीका कारण फ्रान्सको लुभ्र सङ्ग्रहालयको सञ्चालन समय कटौती चीनको प्रसिद्ध ‘हुको छहरा’ मा मुख्य बाढीको सिजन शुरु अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण जनजीवन प्रभावित, भवन भत्किँदा ३ जनाको मृत्यु अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती दाउन्नेको सास्ती हट्यो, सहज बन्दै नारायणघाट–बुटवल यात्रा एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्लाफाँटामा गाईको बाच्छीमा लम्पी स्किन रोग सङ्क्रमण पुष्टि



अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा स्थानीय किसानले पालेका गाईको बाच्छीमा लम्पी स्किन रोगको सङ्क्रमण पुष्टि भएको छ ।

गाईको बाच्छीमा रोगका लक्षण देखिएपछि पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीको टोलीले नमूना सङ्कलन गरेको हो । सङ्कलित नमूना परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो । नमूनाको पिसिआर विधिबाट परीक्षण गरिँदा लम्पी स्किन पुष्टि भएको पशु चिकित्सक जोशीले जानकारी दिनुभयो ।

जोशीका अनुसार सुदूरपश्चिम प्रदेशमा दुई वर्षअघि मात्र लम्पी स्किन रोग देखिएको थियो । त्यसयता हालसम्म यो पहिलोपटक पुन: सङ्क्रमण भेटिएको हो । हाल एकमात्र गाईको बाच्छीमा रोग देखिएको भए पनि आसपासका गाईभैँसीलगायत अन्य पशुमा भने लक्षण भेटिएको छैन ।

“कुन ठाउँबाट रोग फैलिएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “गत आर्थिक वर्षको अन्त्यतिर देखिएको यो वेभ सुदूरपश्चिम प्रदेशमा भने पहिलोपटक पुन: देखापरेको छ”, वरिष्ठ पशु चिकित्सक जोशीले भन्नुभयो, “विसं २०८० मा देशभर झण्डै १३ लाख पशु लम्पी स्किन रोगबाट सङ्क्रमित भएका थिए भने करिब ५० हजार पशुको मृत्यु भएको थियो ।”

सुदूरपश्चिम प्रदेशमा लम्पी स्किनविरुद्धको खोप न्यूनमात्र लगाइएको र वर्षायाम चलिरहेकाले रोग व्यापक फैलिने चुनौती रहेको वरिष्ठ पशु चिकित्सक जोशीले बताउनुभयो । उहाँका अनुसार खोप सबैभन्दा प्रभावकारी उपाय भए पनि प्रदेशमा हाल मौज्दात नभएकाले रोगले विगत विसं २०८० सालमा जस्तै विकराल रूप लिन सक्ने देखिन्छ ।

“लम्पी स्किन रोग देखिएको पशुलाई तुरुन्त अलग राख्नुपर्छ”, उहाँले भन्नुभयो, “गोठ वरिपरि सरसफाइमा ध्यान दिनु आवश्यक हुन्छ, कीरा, लामखुट्टेजस्ता रोग सार्नेवाहक नियन्त्रण गर्नुपर्छ, सङ्क्रमित पशुलाई छुनु वा गोठमा पस्दा सावधानी अपनाउनुपर्छ ।”

उहाँका अनुसार यो रोग लागेमा गाईभैँसीमा विशेषगरी शरीरभरि गाठी ९ठूला दाना० उठ्ने, आँखा वरिपरि, नाक र मुखमा फोका देखिन उच्च ज्वरो ९१०४ डिग्री फरेनहाइट वा बढी०, शरीरका विभिन्न भाग विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुन वरिपरि १० देखि ५० मिलीमिटरसम्मका गिर्खा देखिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, कचेरा निकाल्ने, सिङ्गान बग्ने, फिँज धेरै निकाल्ने तथा लिम्फ नोड सुन्निनेजस्ता लक्षण देखिन्छन् ।

शुक्लाफाँटा नगरपालिकाको पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टका अनुसार चार वर्षअघि वडा नं १२ कालागौंडीका किसानले पालेका गाईमा लम्पी स्किन रोग भेटिएको थियो । त्यसपछि अहिले वडा नं ९ सिसैयामा पुन: रोग देखिएको हो । “किसानलाई सङ्क्रमित गाईलाई अन्य पशुसँग नबाध्न सचेत गराएका छौँ”, उहाँले भन्नुभयो, “सङ्क्रमित गाईलाई अलग राख्ने सल्लाह दिएका छौँ, सचेतना फैलाउने कार्य गरेका छौँ ।” रासस