१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

बिरामी थप जोखिममा पर्ने सम्भावना

बिरामी थप जोखिममा पर्ने सम्भावना
अ अ+ अ-

काठमाडौं । निजी तथा सरकारी अस्पतालले अत्यावश्यक स्वास्थ्य सेवा सहज तरिकाले प्रवाह नगर्दा विभिन्न रोगले प्रताडित बिरामी थप जोखिममा पर्ने सम्भावना बढेको छ । अधिकांश अस्पतालले कोरोना भाइरस (कोभिड–१९) को जोखिम भन्दै स्वास्थ्य सेवा सहज र सरल तरिकाले प्रवाह नगर्दा बिरामी अस्पताल पुगे पनि उपचारबिनै फर्किन बाध्य भइरहेका छन् । प्रसूति सेवाका लागि दाङको तुलसीपुर प्रादेशिक अस्पताल पुगेकी २१ वर्षीया रविना बस्नेत सेवा नपाई फर्किइन् । उनले भनिन्, ‘चेकजाँचका लागि अस्पताल पुगेकी थिएँ । तर, अस्पतालले सेवा नदिएपछि फर्किएँ ।’

अहिले जटिल प्रकृतिका बिरामीलाई औषधि लिन जान समेत अप्ठेरो परेको छ । ज्वरो आएका बिरामीलाई अस्पतालले चेकजाँच गर्नै मान्दैनन् । फार्मेसी बन्द हुँदा र अस्पतालले अहिले उपचार हुन नसक्ने भन्दै फिर्ता गरेपछि बिरामी थप जोखिम मोल्न बाध्य छन् । क्यान्सर, डायलायसिस गर्नुपर्ने अवस्था, मुटु रोग, प्रसूतिसम्बन्धी जटिल र सुत्केरीसम्बन्धी सेवाहरू, दमलगायत दीर्घरोगीलाई सकस भएको छ । तीबाट प्रभावितका लागि निजी अस्पतालबाट सहज सेवाप्रवाह हुन सकेको छैन । सरकारले भने अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न पटक–पटक आग्रह गर्दै आएको छ । केही अस्पतालमा ल्याब सेवा ठप्प छ ।

यस्तै, गाउँमा रहेका फार्मेसी/औषधि पसल बन्द हुँदा बिरामीले नियमित खाने औषधि पाउन अप्ठेरो भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न आग्रह गरे । उनले भने, ‘अस्पतालले इमरजेन्सी सेवा बन्द गर्नुहुँदैन । बिरामीलाई थप जोखिम सिर्जना नगर्न सम्बन्धित अस्पताललाई अनुरोध गर्छु ।’ उनले विशिष्टीकृत अस्पताल, अति विशिष्टीकृत अस्पतालहरूले इमरजेन्सी सेवा बन्द गर्न नमिल्ने बताए । अस्पताल सञ्चालक र चिकित्सकले भने उपचारका क्रममा आवश्यक पर्ने स्वास्थ्यजन्य सामग्री अभाव हुँदा समस्या भएको प्रतिक्रिया दिने गरेका छन् ।

यसैबीच, हालसम्म ३३ हजार ५ सय ६२ जनाको कोरोना परीक्षण गरीएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसअन्तर्गत आरटी–पीसीआर प्रविधिबाट ८ हजार ४ सय १४ र आरडीटी विधिबाट २५ हजार १ सय ४८ जनाको कोरोना परीक्षण भएको छ । २४ घण्टामा आरटी–पीसीआर विधिमार्फत गरिएका ३ सय २४ जनाको कोभिड–१९ परीक्षणमा नयाँ पोजिटिभ रिपोर्ट नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । जसमध्ये चार जना निको भइसकेका छन् । बाँकी २७ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूको स्वास्थ्य स्थिति सामान्य रहेको प्रवक्ता डा. देवकोटाले बताए । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ को कोसी अस्पतालमा १३, प्रदेश २ को नारायणी प्रादेशिक अस्पतालमा चार, सुदूरपश्चिम प्रदेशमा ३, बाग्मती प्रदेशको टेकु अस्पतालमा १ र चितवनमा २ जनाको उपचार भइरहेको छ । सरकारले देशका सबै जिल्लामा आरडीटी प्रविधिबाट परीक्षण सुरु गरिएको जनाएको छ । राजधानी दैनिक