३१ श्रावण २०८३, आईतवार
,
Latest
राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसद्वारा एक हजार युक्रेनी मृतक फिर्ता



अ+ अ-

किएभ। रूस–युक्रेन युद्धमा मारिएका करिब एक हजार युक्रेनीको मृत शरिरहरू रूसले युक्रेनलाई फिर्ता गरेको किएभले बिहीबार पुष्टि गरेको छ ।

मृतकलाई स्वदेश फिर्तीका लागि आज युक्रेनी युद्धबन्दीहरूको मृत शरीर फिर्ता गरिएको पुष्टि गरेको हो। सहयोगका लागि युक्रेनी समन्वय मुख्यालयले टेलिग्राममा भनेको छ, “रूसी पक्षका अनुसार युक्रेनी सैनिकहरूको एक हजार शवहरू युक्रेनमा फिर्ता गरिएको छ।”

बदलामा युक्रेनले २४ जना रुसी सैनिकको शव फिर्ता गरेको छ । युद्धको बीचमा युक्रेन र रुसबीच सैनिकहरूको शव फिर्ता र युद्धबन्दीहरूको आदान–प्रदान हुने गरेका छन् ।

सन् २०२२ मा रुसले आक्रमण गरेयता दुवै पक्षका दशौँ हजार सैनिकहरू मारिएका छन्, यद्यपि कुनै पनि पक्षले नियमित रूपमा आफ्नै हताहतीको तथ्याङ्क प्रकाशित गर्दैनन्।

युक्रेनको ‘आई वान्ट टु फाइन्ड’ परियोजनाका अनुसार, शवहरूको आदान–प्रदानमा रेडक्रसको अन्तर्राष्ट्रिय समितिले मध्यस्थता गरेको थियो।

कूटनीतिक प्रयासमार्फत द्वन्द्व अन्त्य गर्न अमेरिकी नेतृत्वमा दबाब दिए पनि किएभ र मस्कोबीच तीन चरणको प्रत्यक्ष वार्ताको बाबजुद लडाइँ रोक्ने दिशामा प्रगति रोकिएको देखिन्छ।

गत हप्ता, क्रेमलिनले रूस र युक्रेनबीचको शान्ति वार्ता ‘रोकिएको’ क्रेमलिनले जनाएको थियो।  (रासस/एएफपी)