१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

गौशाला–चुच्चेपाटी सडक निर्माण सुरु

गौशाला–चुच्चेपाटी सडक निर्माण सुरु
अ अ+ अ-

काठमाडौँ । घाममा धुलो र वर्षामा हिलोको नामले परिचित गौशाला–चाबहिल–चुच्चेपाटी खण्डको निर्माण कार्य बन्दाबन्दीकै बीचमा सुरु भएको छ । काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन अभियानअन्तर्गत यस सडक खण्डको निर्माण कार्य सुरु भएको हो ।
खानेपानीको पाइप चुहिएका कारण विगत लामो समयदेखि धुलो र हिलोको सास्ती भोग्नु परेको यस सडक खण्डको निर्माणका लागि ठेक्का पट्टाको काम सम्पन्न भई निर्माण कार्य सुरु भइसकेको सडक विभागले जनाएको छ । विभागका अनुसार सडक निर्माणअन्तर्गत अहिले सो सडक खण्डमा बिछ्याइएको खानेपानी पाइपको ‘प्रेसर’ परीक्षण कार्य अन्तिम चरणमा रहेको छ ।

विभागका अनुसार, यो सडक खण्डको निर्माण कार्य सुरु गर्न कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्च स्तरीय समिति र जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट समेत स्वीकृति प्राप्त भइसकेको छ । बन्दाबन्दीमा काम गर्ने भएकाले सो स्वीकृति लिनुपरेको हो । विभागका महानिर्देशक केशवकुमार शर्माले गौशाला–चाबहिल सडक खण्डको निर्माण कार्य सुरु भएको जानकारी दिए । उनका अनुसार, गौशालादेखि चाबहिल चोकसम्म र चाबहिल चोकदेखि पूर्वमा चुच्चेपाटी र उत्तरमा धोबीखोला पुलसम्म सडक निर्माण सुरु गरिएको हो । यसै महिनाभित्र उक्त निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

‘सब–बेस’, ‘बेस’ र कालोपत्रे गरी तीन चरणमा यो सडक खण्डको निर्माण गरिने छ । यो सडक खण्ड निर्माणका लागि कालिका÷बेदाङ्सी (जेभी) र सडक विभागबीच सम्झौता भएको हो । १८ करोड रुपियाँमा यो सडक खण्डको निर्माण हुन लागेको हो । गौशाला–चाबहिल–चुच्चेपाटी–धोबीखोला सडक खण्ड ‘वाई’ आकारको छ । महानिर्देशक शर्माले भने, ‘‘यस सडक खण्डमा खानेपानी पाइप चुहिएका कारण धुलो र हिलोको समस्या देखिएको छ, यो समस्या समाधान नभएसम्म सडक निर्माणको कुनै अर्थ हुने छैन, त्यसैले पाइप मर्मतसम्बन्धी ठेक्कासमेत सडक विभागबाट नै गरिएको छ । ’’

‘‘सडकमुनि रहेका खानेपानी पाइपहरूलाई मर्मत गरी सडक छेउमा लगिने छ, सडकबीचमा रहेको ठूलो पाइपमा समस्या देखिएको छैन, यो पाइप सार्नु पर्दैन । ’’ सडक डिभिजन कार्यालय, काठमाडौँका प्रमुख कुवेर नेपालीले गौशाला–चाबहिल सडक खण्डको निर्माणका लागि जनशक्ति र उपकरणको व्यवस्थापन भई गिट्टी–बालुवा ढुवानीको काम सुरु भइसकेको जानकारी दिए ।

अनुमति माग

यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बन्दाबन्दीका कारण काम अवरोध भएका केही सडक र सुरुङ मार्गको कामलाई अगाडि बढाउन कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्च स्तरीय समितिसँग अनुमति माग गरिएको जानकारी सडक विभागका महानिर्देशक शर्माले दिए । उनले भने, ‘‘बन्दाबन्दीकै कारण अवरोध भएका ६३ वटा पुलसहित केही सडक र सुरुङ मार्गको कामलाई सुरु गर्न कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्च स्तरीय समितिसँग औपचारिक रूपमै अनुमति माग गरिएको छ, अनुमति आउने बितिकै सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा कामलाई अगाडि बढाइने छ । ’’

उनका अनुसार, मुलुकभरि विभिन्न ६० वटा पुलका साथै थानकोट–नौबिसे र टोखा–छहरे सुरुङ मार्गको निर्माण कार्यलाई अगाडि बढाउन सो समितिसँग अनुमति माग गरिएको हो । त्यसैगरी मदन भण्डारी र मध्यपहाडी राजमार्गका विभिन्न खण्डका साथै काठमाडौँ उपत्यकामा कालोपत्रे
(ओभर–ले) गर्न बाँकी रहेका सडकहरूको काम अगाडि बढाउन अनुमति माग गरिएको छ । उपत्यकामा कुल ८० किलोमिटर कालोपत्रे गर्नुपर्नेमा अहिलेसम्म ५५ किलोमिटरको काम सम्पन्न भइसकेका छन् । सोमबार वीर अस्पताल र नयाँ सडक क्षेत्रमा कालोपत्रे गरिएको छ । गोरखापत्र दैनिक