१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

कोरोना भाइरसले दिएको अवसर !

कोरोना भाइरसले दिएको अवसर !
अ अ+ अ-

कोभिड– १९ ले थुप्रै व्यवधान ल्याएकाले यस शताब्दीको तेस्रो दशकको शुरुआत अन्योलपूर्ण भएको छ । कोरोनाभाइरसले व्यावसायिक जीवनको ढाँचालाई व्यापक रुपमा परिवर्तन गरिदिएको छ । अचेल घरै नयाँ कार्यालय बनेका छन् । इन्टरनेट नयाँ बैठक कक्ष बनेको छ । सहकर्मीहरुसँगको उठबस केही समयका लागि इतिहास बनेको छ । मैले पनि यी परिवर्तनहरुलाई अवलम्बन गरिरहेको छु । आफ्नै सरकारका मन्त्री, अधिकारी र विश्वका नेताहरुसँग अधिकांश बैठक भिडियो कन्फरेन्समार्फत बस्ने गरेको छु । विभिन्न सरोकारवालाबाट मत्हवपूर्ण पृष्ठपोषण लिनका लागि समाजका विभिन्न पक्षसँग भिडियो वार्ता भइरहेका छन् ।

एनजीओ, नागरिक समाज समँह र सामुदायिक संघ संस्थासँग व्यापकअन्तरक्रियाहरु भएका छन् ।रेडियो सञ्चालकहरुसँग पनि एउटा अन्तरक्रिया भएको थियो । यसका अलावा मैले दैनिक थुप्रै टेलिफोन वार्ता गर्दै समाजका विभिन्न क्षेत्रबाट पृष्ठपोषण लिइरहेको छु । सबैले यस्तो समयमा मानिसहरुले कसरी काम गरिरहेका छन् भनेर हेरिरहेका छन् । हाम्रा केही चलचित्र कलाकारहरुले पनि सबैलाई घरभित्रै बस्ने सन्देशसहितका केही रचनात्मक भिडियोहरु सार्वजनिक गरेका छन् । हाम्रा गायकहरुले पनि एउटा अनलाइन कन्सर्ट दिएका छन् । चेस खेलाडीहरुसमेत डिजिटल प्रविधिबाट खेलिरहेका छन् । गरिबहरुको जीवन शैलीमा समेत यसको प्रभाव परेको छ ।

सन् २०१४ मा जनताको सेवागर्ने मौका पाउँदा हामीले भारतीय जनता त्यसमा पनि विशेषगरी गरिबहरुलाई जन धन खाता, आधार तथा मोबाइल नम्बरबाट जोड्यौं । यसले दशकौंदेखि व्याप्त भ्रष्टाचार र भाडा खोज्ने कार्य मात्र रोकेको थिएन बरु एउटा बटन थिच्नासाथ सरकारलाई पैसा हस्तान्तरण गर्न सक्षम बनाइदिएको थियो । यसले विभिन्न तह हुँदै काम गराउनुपर्ने झन्झट र ढिलाइबाट मुक्ति दिलायो । यही प्रविधिमार्फत तत्काल र प्रत्यक्षरुपमा गरिब र आवश्यकताका व्यक्तिहरुलाई पैसा हस्तान्तरण गर्दा कोभिड–१९ को समस्या भएका बेला करोडौं परिवार लाभान्वित भएका छन् ।

शिक्षा क्षेत्रमा प्रति भावान्विशेषज्ञहरुले नयाँ प्रविधिहरुलाई प्रयोगमा ल्याइसकेका छन् । ई–सिकाइ प्रवर्धन गर्नकालागि भारत सरकारले दीक्षा पोर्टल जस्ता प्राविधक पक्ष शुरु गरिसकेको छ । विभिन्न भाषामा रहेका ई–पाठशालाले विभिन्न ई–पुस्तकहरु र त्यस्तै सिकाइ सामग्रीसम्म पहुँच पु¥याएको छ । आज विश्व नयाँ व्यापार मोडलहरु थालनी गर्ने स्थितिमा छ । म कोभिड उत्तराद्र्ध विश्वका लागि निम्न बुँदामा नयाँ व्यापार र कार्यशैली पुनः परिभाषित गर्दछुः

लचकता:सजिलै अवलम्बन गर्न सकिने खालका व्यापार र जीवनशैलीको ढाँचाबारे सोच्नुपर्ने अबको समय हो । यसबाट असहज परिस्थितिमा पनि जीवन सहज र सरल हुनेछ । अर्को उदाहरण क्लिनिक वा अस्पतालमा नगईकनै दँर चिकित्सा सेवाको प्रयोग गर्नु पनिहो ।

कार्य क्षमता वा दक्षता:कोहीकति समय कार्यालयमारहन्छभन्ने कुराले मात्रकार्य दक्षतादर्शाउँदैन । कति राम्रो उपलब्धिहासिलगर्न सक्यो, त्यसले सफलतामापनगर्दछ ।समावेशीकरणःहाम्रो धर्तीलगायतगरिब र सबैभन्दाजोखिममा परेकाहरुलाई ध्यानमा राखेर व्यापार व्यवसाय ढाँचाको विकास गरौं । हामीले जलवायु परिवर्तन समस्याविरुद्ध ठँलो प्रगतिहासिलगरिसकेका छौं । कोभिड–१९ ले न्यून खर्चमा ठूला परिमाणमा स्वास्थ उपचारको सम्भावना देखाएको छ । हाम्रा जनतालाई अत्यावश्यक वस्तुहरु समक्ष पहुँच पु¥याउन कृषकहरुलाई सँचना, संयन्त्र र बजारसम्म सजिलै पहुँच पुग्ने विकास र आधुनिक क्षेत्रमा लगानी गरौं ।

अवसरः हरेक समस्याले अवसहरु पनि बोकेर आएको हुन्छ । त्यस सवालमा कोभिड–१९ अपवाद बनेको छैन । अब हामी नयाँ अवसरको क्षेत्रमा जनता, तिनीहरुका सीप र भित्री क्षमतालाई प्रयोग गर्ने भन्ने बारे सोचौं ! नेपाल समाचारपत्र दैनिक