२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी प्रदर्शनका क्रममा भएका घटनाप्रति मुख्यमन्त्री बानियाँद्वारा दुःख व्यक्त



अ+ अ-

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जेनजी प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

गत भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति उहाँले दुःख व्यक्त गर्नुभयो । हेटौँडास्थित बागमती प्रदेश सरकारका मन्त्रालय तथा विभिन्न कार्यालयमा गरिएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त संरचनाको आज निरीक्षण गर्दै मुख्यमन्त्री बानियाँले नष्ट भएका संरचना सफा गरेर नागरिकलाई सेवाप्रवाह गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

“प्रदर्शनका क्रममा जनधनको क्षति हुनु, सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी हुनु दुःखद् छ”, उहाँले भन्नुभयो, “प्रदर्शनका क्रममा यस्ता घटना नहुनुपर्ने थियो ।” क्षतिग्रस्त संरचनाको सरसफाइ गरेर शीघ्र सेवा प्रवाह गरिने उहाँले विश्वास दिलाउनुभयो ।

मुख्यमन्त्री बानियाँले बागमती प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भौतिक पूर्वाधार मन्त्रालयलगायत क्षतिग्रस्त संरचनाको निरीक्षण गर्नुभएको थियो ।

प्रदर्शनकारीले प्रदेशसभा सचिवालय भवन, भौतिक पूर्वाधार विकास मन्त्रालयसहित प्रदेशका नौ वटा मन्त्रालय, ती मन्त्रालयअन्तर्गतका विभिन्न कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए । रासस