१ आश्विन २०८३, बिहीबार
,
Latest
रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई हस्तान्तरण ‘द ग्रे जोन’को रिपोर्टबारे सरकारले जवाफ देओस्ः एमाले सांसद पोखरेल चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट मेलम्ची खानेपानी आयोजनाका प्रभावित नागिरकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न नेकपाद्वारा सरकारको ध्यानाकर्षण संविधान दिवस भव्य रूपमा मनाउन एमालेको मातहतका कमिटीलाई निर्देशन जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?: सांसद बराल भोटेकोशी बाढी : संसदीय विशेष समिति गठनमा जुटेन सहमति अपमान र घृणामाथि उभिएको कांग्रेसको महलमा बस्न सक्दिनँ: डा. शेखर कोइराला भ्रष्टाचार नियन्त्रणमा अख्तियारले संवैधानिक दायित्व प्रभावकारी बनाउनुपर्छ : राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक



अ+ अ-

काठमाडौँ। टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स को नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि हो।

नेपालको सवारीसाधन बजारमा टाटा जेन्युइन पार्ट्स व्यावसायिक सवारी प्रयोगकर्ताहरूको विश्वसनीय छनोट बन्दै आएको छ। यही विश्वासलाई अझ मजबुत बनाउन र ग्राहकहरूलाई टाटा जेन्युइन पार्ट्सको प्रत्येक खरिदमा विशेष उपहार दिने उद्देश्यले कम्पनीले आकर्षक अफर सार्वजनिक गरेको छ।

हालै देशमा आएको संवेदनशील परिस्थितिका कारण स्थगित गरिएको योजनालाई पुनः सुरु गर्दै कम्पनीले यसपालिको दशैँ, तिहार एवं छठ पर्वको अवसरमा “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” नामक विशेष योजना ल्याएको हो।

यस योजनामा सहभागी हुने ग्राहकहरूले हरेक खरिदमा ग्यारेन्टीसहित रु. १,००० सम्मका क्यासब्याक कुपनहरू पाउनेछन् भने लक्की ड्रमार्फत बम्पर उपहारसहित विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।

पुरस्कार योजना :
– रु. १,००,००० भन्दा बढीको खरिदमा – १५० सिसिको बजाज पल्सर (बम्पर उपहार)
–  रु. ७५,००० भन्दा बढीको खरिदमा – १२५ सिसिको टिभिएस स्कुटर
– रु. २५,००० भन्दा बढीको खरिदमा – स्मार्ट टिभी
– रु. ५,००० भन्दा बढीको खरिदमा – स्मार्टफोन

सक्कली पार्ट्सको लाभ :
टाटा जेन्युइन पार्ट्सले गाडीका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण अङ्गहरूलाई दिगो संरक्षण गर्ने मात्र होइन, मर्मत खर्चमा समेत बचत गर्ने र गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउने सुनिश्चित गर्दछ।




भर्खरै