१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल

सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल
अ अ+ अ-

काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सरकार र निजी क्षेत्रको सहकार्यबाट जेन जी प्रदर्शनका क्रममा भएको क्षतिको पुनर्निर्माण गरिने बताउनुभएको छ ।

हिलटेक समूहले बिहीवार नेपाल प्रहरीलाई सहयोग हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

आन्दोलनका क्रममा धेरै क्षति भएको उल्लेख गर्नुहुँदै उहाँले यसको छिट्टै पुनर्निर्माण सम्पन्न गरेर सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसको लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको उहाँले बताउनु भयो । उहाँले निजी क्षेत्रमा पनि क्षति पुगेको बताउनु भयो । पुनर्निर्माणमा सहयोग गर्न उहाँले निजी क्षेत्र र युवाहरुलाई आग्रह गर्नुभयो । धेरै ठाउँहरुमा निजी क्षेत्रले स्वतःस्फुर्त रुपमा सरकारी कार्यलय तथा प्रहरी चौकीहरु पुनर्निर्माणमा सहयोग गरिरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निजी क्षेत्रले जुन खालको सहयोग गर्ने उत्साह देखाएको छ, धेरै ठाउँहरुमा यो प्रहरी चौकीहरु र सरकारी कार्यलयहरु स्वस्फुर्त हिसावमा चाहीँ बनाउने अभियान पनि शुरु भएको छ । काठमाडौँकै धेरै ठाउँहरुमा निजी क्षेत्रबाट जिम्मा लिएर पनि कामहरु भइरहेको छ । म सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । धेरै क्षति छ, तपाईहरुले देखिरहनुभएको छ । म के आग्रह गर्न चाहन्छु भने । यसैगरी यो पुनर्निर्माण हामीले छिट्टै गर्नुपर्नेछ । सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेछ । यसलाई सबै क्षेत्रबाट विशेषगरी निजी क्षेत्रमा पनि क्षति छ, तरपनि सरकार र निजी क्षेत्रको समन्वयमा यो पुनर्निर्माणलाई चाहीँ छिटो भन्दा छिटो सक्नुपर्ने भएको हुनाले यसैगरी सहयोगका हातहरु बढाईदिन र सरकारसंग सहकार्य गरेर अगाडी बढ्नको लागी म सबैसंग आग्रह गर्न चाहन्छु । र विशेषगरि युवा पुस्ताहरुले जुन कुरा उठाईराख्नुभएको छ, उहाँहरुलाई पनि यो अभियानमा सरिक हुनको लागी सरकारको तर्फवाट म हार्दिक आग्रह गर्न चाहन्छु ।’ 

उहाँले हिलटेक समूहले सरकारलाई १०० वटा पानी ट्याङ्की र ५०० वटा ट्राफिक कोन उपलब्ध गराएको पनि जानकारी दिनुभयो । हिलटेक समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत एक हजार लिटर क्षमताका १ सय वटा पानी ट्याङ्की, ५ सय थान ट्राफिक कोन र अन्य सामग्री उपलब्ध गराएको समुहका अध्यक्ष कमल जैनले जानकारी दिनुभयो ।