२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त

झन्डै ९ हजार कैदीबन्दी अझै फरार

झन्डै ९ हजार कैदीबन्दी अझै फरार
अ अ+ अ-

काठमाडौँ । गत साता जेन जी आन्दोलन चर्किएपछि मौका छोपेर देशभरि २७ कारागारबाट हजारौँ कैदीबन्दीहरू भागे। तीमध्ये केही पुनः कारागार फर्किएका भए पनि फरार कैदीबन्दीको सङ्ख्या अझै ९,००० जति भएको अधिकारीहरूले बताएका छन्।

फरार कैदीबन्दी फिर्ता नभएसम्म समाजका विभिन्न पक्षलाई सुरक्षा चुनौती टड्कारो रहने जानकारहरू बताउँछन्। अदालतबाट दोषी ठहर भएका हजारौँ अपराधी र प्रहरी हिरासतमा भएका अभियुक्तहरू चाडपर्वको मुखमा बाहिर निस्किएकाले समाजमा चोरीचकारी तथा अपराधका घटना बढ्न सक्ने चिन्ता गरिएको छ।

सुरक्षा मामिलाका जानकारहरूले जनमानसलाई शान्ति सुरक्षाबारे आश्वस्त पार्न पनि भागेका कैदिबन्दीलाई तत्काल फिर्ता ल्याउन जरुरी भएको बताएका छन्।

कति फर्किए

आफूखुसी फर्कने तथा सुरक्षाकर्मीले फिर्ता ल्याएकासहित अहिलेसम्म झन्डै ६,००० कैदीबन्दी फर्किएको अधिकारीहरूले बताएका छन्।

‘बुधवार बेलुकीसम्म फर्कनेको सङ्ख्या करिब ५,८०० पुगेको छ’, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले भने।

कारागार व्यवस्थापन विभागले असोज १ गते बेलुकी ५ बजेसम्मको भनेर दिएको पछिल्लो विवरणमा विभिन्न जेलबाट भागेका ५,४९५ कैदीबन्दी तथा बाल सुधारगृहहरूबाट भागेका २४४ सहित ५,७२९ जना फर्किएको तथ्याङ्क छ।

‘देशभरिका २७ वटा कारागार तथा नौवटा बालसुधार गृहबाट बन्दीहरू भागेका थिए। पछिल्ला दिनहरूमा फर्कनेहरू पनि बढेका छन्। तर अझै पनि बाँकी रहेकाहरूलाई फर्कनका निम्ति हामीले सुसूचित गराइरहेका छौँ। फर्काउने कारबाही पनि निरन्तर छ,’ विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बीबीसीलाई बताएका छन्।

भदौ २४ गते नक्खु कारागारबाट निस्किएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि फर्किसकेका छन्। त्यसपछि केही अरू कैदीबन्दी पनि फर्किए।

हजारौँ कैदीबन्दी जेल फर्किएको भए पनि सुरक्षा चुनौती कायमै रहेको बताइन्छ।

केही दिन अगाडि एक सूचना जारी गर्दै विभागले ूदेशका विभिन्न कारागार कार्यालयहरू तथा बाल सुधार गृहहरूबाट बाहिर निस्किएका बन्दीहरूरबालबिज्याईकर्ताहरू अविलम्ब आफू बसेको कारागार कार्यालय वा बाल सुधारगृह वा नजिकको प्रहरी कार्यालयको सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। अन्यथा कारागार ऐन, २०७९ र प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छू भनेको थियो।

अहिले प्रहरीले पनि टोलीहरू गठन गरेर फरार बन्दीहरूलाई पक्राउ गर्न कारबाहीहरू गरिरहेको प्रहरीका प्रवक्ताले बताएका छन्।

खुला सीमा भएकाले भारततर्फ भाग्न सक्ने हुनाले उताको सुरक्षा निकायसँग पनि समन्वय गरिएको उनले बताए।

कति भागेका थिए

विभागको पछिल्लो विवरणअनुसार देशभरिका कारागार तथा सुधारगृहहरूमा कुल ३०,६३४ बन्दी थिए।

आन्दोलनका कारण शिथिल भएको सुरक्षा व्यवस्थाको मौका छोपेर पूर्वको झुम्का कारागारदेखि लिएर पश्चिमको कञ्चनपुर कारागारसम्म गरी १३,५९१ कैदीबन्दी बाहिर निस्किएका थिए भने देशैभरिका नौ बाल सुधारगृहबाट १,४२२ बालबिज्याइँकर्ता पनि बाहिरिएका थिए।

देशभरिका कुल कैदीबन्दीमध्ये ४६ प्रतिशत अनि कुल बालबिज्याइँकर्तामध्ये दुईतिहाइ भागेका थिए।

सोही क्रममा बाँके नौबस्तास्थित बाल सुधारगृहबाट भाग्न खोज्दा पाँच जना, रामेछाप र धादिङ कारागारबाट भाग्न खोज्दा क्रमशस् तीन र दुई जनाको सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको थियो।

असोज १ गते साँझ ५ बजेसम्मको विवरणअनुसार ८,०९६ कैदीबन्दी तथा ७२० बालबिज्याइँकर्ता गरी ८,८१६ जना फरार छन्।

चुनौती कस्ता ?
नेपालको इतिहासमा एकैपटक यति धेरै कैदीबन्दी फरार भएको यो अभूतपूर्व घटनाले सुरक्षा चुनौती निकै बढाइदिएको भन्दै चिन्ता व्यक्त भएको छ।

‘यसले सुरक्षा चुनौती धेरै बढाएको छ। विशेष गरी चाडपर्व आउन लागेका सन्दर्भमा विभिन्न किसिमका अपराधीहरू यसरी बाहिर हुँदा धेरै चुनौती हुन्छ,’ प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले भने।

प्रहरीले नागरिकसँग मिलेर यसबारे सुसूचित गराउने अनि कहीँकतै त्यस्ता अपराधीहरू देखा परे नजिकको प्रहरीलाई खबर गर्न भनिएको उनले बताए।

‘यसमा नागरिकको भूमिका निकै महत्त्वपूर्ण रहन्छ।’

कतिपय बन्दीहरू आफैँ फर्किरहेको भन्दै अब केही समयमा फर्काउने कामलाई तीव्रता दिन पूर्ण स्तरमा कारबाही गरिने उनले सङ्केत गरे।

खुला सीमको दुरुपयोग हुन नदिन भारतसँग जोडिएका सबै जिल्लाका प्रहरी प्रमुखहरूमार्फत् तिनका भारतीय सुरक्षा निकायका समकक्षीसँग समन्वय गरिएको उनले बताए।

धेरै सङ्ख्यामा प्रहरीका हातहतियार समेत लुटिएका वा नष्ट भएकाले अर्को चुनौती थपिएको बताइन्छ।

पछिल्ला समयमा चोरीचकारीका घटना बढ्न थालेको तथा रातमा कतिपय ठाउँमा स्थानीय समुदायले टोलटोलमा सुरक्षा तथा गस्ती गर्ने गरेका विवरणहरू पनि आएका छन्।

आपराधिक पृष्ठभूमिका कैदीबन्दी भागेका तथा हातहतियार लुटिएका वा नष्ट भएका विवरणका कारण चिन्तित भएर विदेशबाट चासो व्यक्त भइरहेको पर्यटन व्यवसायीहरूले समेत बताउन थालेका छन्।

ूयस्तो विषम स्थिति लामो समय रहनु हुन्न। गृह मन्त्रालय थप सजग हुनुपर्छ। सरकारले नेपाल प्रहरीको मनोबल उकास्नुपर्छ,ू सुरक्षा मामिलाका जानकार भूतपूर्व गृहसचिव खेमराज रेग्मीले बताएका छन्।

नयाँ सरकारले जनतालाई शान्ति सुरक्षाबारे आश्वस्त तुल्याउनु अहिलेको सबैभन्दा महत्त्वपूर्ण पाटो रहेको उनले उल्लेख गरे।

‘चाडबाड पनि आउँदै छ। मानिसहरूलाई त्रसित मानसिकतामा रहिरहन दिन हुँदैन,’ पूर्वगृहसचिव रेग्मीले भने। बीबीसीबाट साभार