२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एशिया कपः पाकिस्तान र भारतबीच २१ सेप्टेम्बरमा पुनः भिडन्त



अ+ अ-

एजेन्सी । एशिया कपमा बुधबार पाकिस्तानले युएईलाई हरायो र सुपर–४मा भारतसँग स्थान बनायो ।

ग्रुप स्टेजमा भारतले पाकिस्तानलाई सजिलै ७ विकेटले हराएको थियो । अब ग्रुप–एका दुई टिम (भारत र पाकिस्तान) २१ सेप्टेम्बरमा दुबईमा फेरि आमनेसामने हुनेछन् ।

ग्रुप–बीमा आज श्रीलंका र अफगानिस्तानबीच “गर या मर”को खेल हुनेछ । यसबाट सुपर–४का बाँकी दुई टिम छनोट हुनेछन् ।

ग्रुप–एबाट ओमान र युएई प्रतियोगिताबाट बाहिर भए । युएईले ३ मध्ये १ खेल मात्र जित्यो भने ओमान २ खेलमा पराजित भयो ।

भारत र पाकिस्तानबीच खेलमा टसको क्रममा भारतीय कप्तान सूर्यकुमार यादवले पाकिस्तानी कप्तानसँग हात मिलाएनन् । पाकिस्तान क्रिकेट बोर्ड (पिसीबी)ले यसलाई खेल भावनाविपरीत बतायो र आईसीसीसमक्ष रेफ्री परिवर्तनको माग गर्यो, तर अस्वीकृत भयो ।