१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

यसरी स्वास्थ्य सेवामा वरदान बन्दै छ भारतीय हुलाक सेवा…

यसरी स्वास्थ्य सेवामा वरदान बन्दै छ भारतीय हुलाक सेवा…
अ अ+ अ-

कोरोना नियन्त्रणका लागि चार सातादेखि लकडाउनमा रहेको भारतीय जनजीवन जटिल बनिरहेको वेला त्यहाँको हुलाक सेवा सक्रिय बनेको छ । लकडाउनका कारण औषधि आपूर्तिमा असहज परिस्थिति उत्पन्न भएपछि हुलाक सेवाले आफ्नो सक्रियता देखाएको हो । भारतमा विश्वकै सबैभन्दा ठूलो हुलाक सेवा छ । हुलाकका राता भ्यान विभिन्न सडकमा कुदिरहेको दृश्यसँग धेरै भारतीय परिचित छन् । हजारौँ किलोमिटरको दूरी तय गरेर ती भ्यान ग्रामीण क्षेत्रमा पुग्छन् । देशको हुलाक सेवाको सञ्जालमा ६ लाख गाउँ जोडिएका छन् । हुलाकले केवल पत्र मात्र आदानप्रदान गरेको छैन, लाखौँ भारतीयका लागि रकम बचत गर्ने एउटा माध्यम पनि बनेको छ ।

तर, समयक्रम र आवश्यकताअनुसार हुलाकले आफ्नो सेवाको दायरा पनि फराकिलो पारेको छ । पछिल्लो समयमा देशभरको यातायात सेवा ठप्प भइरहेको हुलाकबाट नै औषधि र उपकरणहरू विभिन्न स्थानमा वितरण गर्न थालिएको छ । कोरोना नियन्त्रणका लागि मार्च २४ देखि लकडाउन सुरु भएसँगै अत्यावश्यकीय सेवाबाहेक अन्य सबै गतिविधि ठप्प छन् भने एक अर्ब ३३ करोड मानिस घरभित्र बस्न बाध्य छन् । बन्दका कारण अस्पताल, औषधि कम्पनी, ल्याबजस्ता कोरोनाविरुद्धको अग्रमोर्चामा रहनुपर्ने सेवासँग सम्बन्धित असंख्य उद्योग बन्द छन् ।

‘हामीले असंख्य समस्या झेलिरहेका थियौँ । ग्राहकलाई आफ्ना सामग्री पठाउन सामान्यतया हामी कुरिअरमा निर्भर थियौँ । तर, कफ्र्यु पास नभएकाले कुरियर सेवा पनि ठप्प छ । तर, हुलाक हाम्रा लागि वरदान साबित भएको छ,’ भारतको औषधि निर्माता संघ (आइडिएमए)का कार्यकारी निर्देशक अशोक कुमार मदन भन्छन् । आफ्ना अधिकांश उत्पादन मुटु र क्यान्सरसँग सम्बन्धित भएको उनी बताउँछन्। केही दिनअघि निर्देशक मदनलाई उत्तर प्रदेशको हुलाक सेवाका वरिष्ठ निरीक्षक आलोक ओझाले फोन गरे । अहिलेको संकटको समयमा हुलाक सेवाको दायरालाई अझै फराकिलो बनाउने योजनामा रहेको ओझाले मदनलाई सुनाए । ‘छलफलपछि हुलाक सेवा निर्बाध ढंगले देशमा पहुँच बढाइदिन सहमत भयो,’ मदनले भने ।

भारतीय हुलाक सेवा अत्यावश्यकीय सेवाअन्तर्गत परेकाले पनि अहिलेको संकटमा आफ्ना गतिविधि सञ्चालन गर्न अनुमति पाएको हो । ‘हाम्रो आपूर्ति सञ्जाल संकटको समयमा पनि सक्रिय रहेकाले औषधि बजारलाई सहयोग गर्यौ’ ओझा भन्छन् । औषधि क्षेत्रसँग सम्बन्धित धेरै मानिसले फोनमार्फत सहयोग मागेको ओझाको भनाइ छ । अहिले विभिन्न प्रदेशमा हुलाकले नै स्वास्थ्यसेवासँग सम्बन्धित औषधि तथा उपकरण एक ठाउँबाट अर्को ठाउँमा पुर्याएर जीवनरक्षकको काम गरेको छ । ओझाका अनुसार लकडाउन सुरु भएपछि हुलाक सेवाले औषधिदेखि कोभिड–१९ परीक्षण गर्ने किट, एन–९५ मास्क, भेन्टिलेटर, अन्य औषधि र अन्य उपकरणहरू राता भ्यानमा एउटा सहरदेखि अर्को सहरमा पठाउन थालेको छ ।

तर, लामो दूरीमा अत्यावश्यकीय उपकरण पठाउन हुलाककै कार्गो विमानको प्रयोग गरिएको छ । अहिलेको संकटको समयमा आफूहरूलाई आएका सबै अनुरोध हुलाकले पालना गरेको छ । ‘हामी भारतमा सबैभन्दा ठूलो सञ्जाल भएको कम्पनी हौँ । यस्तो अवस्थामा हामीले सहयोग गर्नुपर्छ भन्ने मान्यता हो,’ ओझा भन्छन् । थप तीन साता लकडाउन लम्ब्याइएसँगै आगामी दिनमा हुलाकको भूमिका अझै बृहत् हुने देखिएको छ । हुलाक सेवाप्रति आमस्वास्थ्यकर्मीको विश्वास बढेको छ । ‘अहिलेको संकटमा हुलाकले साँच्चै नै जीवनरक्षकको काम गरेको छ,’ उत्तर प्रदेशका एक स्वास्थ्यकर्मी बताउँछन् । हुलाक सेवाको दायरा सबै राज्यमा बढाउनुपर्ने उनको भनाइ छ ।

दिल्ली सरकारी अस्पतालमा मिडिया सेल

नयाँदिल्लीमा रहेका सरकारी अस्पतालमा मिडिया सेल स्थापना गरिने भएको छ । मंगलबार नयाँदिल्ली सरकारले सो निर्णय गरेको हो । नयाँदिल्लीमा रहेका सबै सरकारी अस्पतालले कोभिड–१९ बारेको सूचना सम्प्रेषणमा सहयोग पु¥याउन मिडिया सेल स्थापना गरिएको उनले बताए ।सेलबाट सम्प्रेषण हुने सूचनाले नागरिकसमक्ष कोभिड–१९ बारे सही जानकारी पुग्ने विश्वास गरिएको छ । अहिले कोभिड–१९ का विषयमा सञ्चारमाध्यमका साथै सामाजिक सञ्जालमा पनि फरक–फरक समाचार आएकाले नागरिकलाई द्विविधा भएको भन्दै ती सबैखाले सूचनालाई एकै ठाउँबाट सम्प्रेषण गर्न सेलले सहयोग गर्ने दिल्ली सरकारले जनाएको छ ।

सोमबार नयाँदिल्लीको एक सरकारी अस्पतालमा ज्वरो आएर पुगेका एक पुरुषलाई कोरोना भाइरसको त्रासले त्यहाँका चिकित्सकले उपचार गर्न नमानेको भिडियो सामाजिक सञ्जालमा आएको थियो । आफ्ना बुबाले भारतको राजधानीजस्तो नयाँदिल्लीकै सरकारी अस्पतालमा पनि उपचार नपाएको भन्दै पीडितकी छोरीको भिडियो सामाजिक सञ्जालमा फैलिएको थियो । त्यसपछि यस रोगसम्बन्धी समाचारलाई व्यवस्थित र विश्वासयोग्य बनाउन अलग्गै मिडिया सेलको स्थापना गर्न नयाँदिल्ली सरकारले आदेश दिएको हो । नयाँ पत्रिका दैनिक