३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिजुलीको बक्यौता सबै तिरिसकेका छौ: सूर्य नेपाल



अ+ अ-

काठमाडौँ । सूर्य नेपालले विगतमा नेपाल विद्युत प्राधिकरणद्वारा लगाइएको लोडसेडिङको अवधिमा ट्रंकलाइनमार्फत बिजुली प्रयोगका लागि तिर्नुपर्ने भनिएको अतिरिक्त बिजुलीको बक्यौता आफूले तिरिसकेको बताएको छ ।

सामाजिक सञ्जालमा सूर्य नेपालको नाम समेत जोडेर प्रसारित केही भ्रामक जानकारीप्रति सूर्य नेपाल प्रालिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

नेपाल विद्युत् प्राधिकरणको निर्देशनअनुसार सबै बक्यौता कम्पनीले पहिले नै तिरिसकेको सूर्य नेपालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ -नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ वैशाख २७ को निर्णयअनुसार अतिरिक्त महसुल, पुस २०७२ देखि वैशाख २०७५ सम्मको अवधिका लागि मात्र लागु हुने निर्णयअनुसार सूर्य नेपालले तिर्नुपर्नेभन्दा बढी नै रकम भुक्तानी गरिसकेको छ।

सूर्य नेपाल सबै प्रचलित कानुन, नियम र नेपाल सरकार र सम्बद्ध निकायका निर्देशनको पालना गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। कम्पनीले उल्लिखित विषयमा प्राधिकरणको निर्देशनअनुसार पहिले नै सम्बन्धित बक्यौता तिरेको हुनाले भ्रामक जानकारी प्रसारित नगर्न कम्पनीले आग्रहसमेत गरेको छ ।