१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

उच्च जोखिममा भुल्के गाउँ, २५१ जनाको स्वाब सङ्कलन

उच्च जोखिममा भुल्के गाउँ, २५१ जनाको स्वाब सङ्कलन
अ अ+ अ-

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिद आसपासका थप आठ जनामा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण भएको प्रारम्भिक नतिजा आएपछि उनीहरूलाई थप परीक्षण र उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । मस्जिदमा बसेका १३ जनामा कोरोना सङ्क्रमण पाइएपछि उनीहरूसँग नियमित सम्पर्कमा रहेका मुस्लिम समुदायका ५३ घरका बासिन्दाको स्वाब सङ्कलन गरिएको थियो । प्रदेश १ स्थित विराटनगर प्रयोगशालाका निर्देशक नेतृत्वको प्राविधिक टोली भुल्के आएर यही शनिबार स्वाबको नमुना सङ्कलन गरेको थियो ।

पहिलो चरणमा परिवारका मुख्य व्यक्ति र सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेका ६९ जना स्थानीयवासीको नमुना सङ्कलन गरी विराटनगरस्थित प्रादेशिक अस्पतालको ल्याबमा पीसीआर परीक्षण गरिएकोमा एकै परिवारका चारसहित आठजना पुरुषको नतिजा पोजेटिभ पाइएपछि थप परीक्षण तथा उपचार व्यवस्था गर्न धरान लगिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार सङ्क्रमितहरूलाई थप परीक्षणका लागि तत्कालै दुईवटा एम्बुलेन्समार्फत धरान पठाइएको जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए । नमुना लिइएका अन्य ६१ जनाको नजिता भने आइनसकेको उनले बताए।

उच्च जोखिममा भुल्के गाउँ: सिङ्गो भुल्के गाउँ नै कोरोनाको उच्च जोखिममा परेको भन्दै स्थानीयवासीले नमुना परीक्षणलाई व्यापक बनाएर अभियानकै रूपमा सञ्चालन गर्न र करिब एक महिनादेखिको लामो बन्दाबन्दीको मारमा परेका स्थानीयवासीलाई राहत वितरणको माग गरेका छन् । सङ्क्रमितहरूले सर्वसाधारणसँगै बसेर कैयौं पटक बिहान बेलुका नजिकैको चिया पसलमा नियमित चिया पिउने गरेका थिए । पसलहरूमा सामान किन्ने र तरकारी किनबेच गरेका थिए । स्थानीयवासी नेत्र भण्डारी भन्छन्, “भुल्केका सबैको परीक्षण आवश्यक छ, भुल्के अब उच्च जोखिममा पर्यो ।” अर्का स्थानीयवासी यदु ढकालले भने, “पछि पछुताउनुभन्दा अहिले नै व्यापक रूपमा परीक्षण गरे स्थानीयवासीलाई बचाउन सकिन्छ, पछि जटिल हुन्छ ।”

थप २५१ को नमुना सङ्कलन: यसै क्रममा नेपाली सेनाको चिकित्सक टोलीले सङ्क्रमितसँगको सम्पर्कमा रहेका २५१ जना स्थानीयवासीको कोरोना परीक्षणका लागि स्वाबको नमुना सङ्कलन गरेको छ । कोरोना भाइरस सङ्क्रमणको त्रासले स्थानीयवासी भयभीत भइरहेको अवस्थामा काठमाडौँको छाउनीस्थित नेपाली सेनाको अस्पतालबाट सेनानी डा. प्राची रायमाझीको नेतृत्वमा आएको चिकित्सकहरूको टोलीले दुई दिन लगाएर उक्त स्वाब सङ्कलन गरेको हो ।

सङ्कलित नमुना पीसीआर परीक्षणका लागि सोमबार नै काठमाडौँ पठाइएको नेपाली सेनाको १८ नं. वाहिनीका वाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटाले जानकारी दिए। स्थानीय प्रशासनद्वारा कडा सुरक्षा घेराभित्र सिलबन्दी गरिएको भुल्के गाउँका बासिन्दालाई खाद्यान्न, तरकारी, औषधि र दूध नगरपालिकाले उपलब्ध गराउने गरी प्रभावकारी रूपमा राहत वितरण गरिन थालिएको त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले जानकारी र्दिए । गोरखापत्र दैनिक