१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका सङ्खुवासभाका कुलुङको अन्त्येष्टि



अ+ अ-

किमाथाङ्का । जेनजीले गरेको प्रदर्शनका क्रममा मृत्यु भएका सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ का २१ वर्षीय प्रवीन कुलुङको अन्त्येष्टि गरिएको छ ।

काठमाडौँमा भएको प्रदर्शनका क्रममा कुलुको गोली लागेर मृत्यु भएको थियो । उहाँको आज दिउँसो सिलिचोङ–३ स्थिल लकुवामा अन्त्येष्टि गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिनुभयो ।

नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरबाट कुलुङको शव आज बिहान सिलिचोङ ल्याइएको थियो । प्रतिकूल मौसमका कारण कुलुङको शव मङ्गलबार ल्याउन नसकिएपछि विराटनगरमै राखिएको थियो ।

कुलुङको सिलिचोङ–३ स्थित लकुवामा संस्कारअनुसार अन्त्येष्टि गरिएको सो गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले बताउनुभयो । अन्त्येष्टि अघि सिलिचोङ गाउँपालिका केन्द्र ताम्कुमा कुलुङको पार्थिव शरीरमा गाउँपालिका अध्यक्ष मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गर्नुभएको थियो ।

त्यसपछि कुलुङको शव यात्रासहित जन्म गाउँ लकुवामा लगेर अन्त्येष्टि गरिएको हो । कुलुङ स्थानीय सगरमाथा माध्यमिक विद्यालयमा १० कक्षा उत्तीर्ण गरे केही वर्षदेखि काठमाडौँमा बस्दै आउनुभएको थियो । उहाँले काठमाडौँमा वैदेशिक रोजगारीमा जानका लागि कोरियन भाषा पढ्दै हुनुहुन्थ्यो ।