१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

कसरी आइपुगे उदयपुरमा यति धेरै संक्रमित ?

कसरी आइपुगे उदयपुरमा यति धेरै संक्रमित ?
अ अ+ अ-

उदयपुर । उदयपुरमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरू सबै त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका व्यक्ति हुन् । मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा आठ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना देखिएको हो । योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ र नेपालमा संक्रमित हुनेको संख्या ४२ पुगेको छ । जसमध्ये पाँच जना निको भएर घर फर्किएका छन् । गत शनिबार १३ जना संक्रमितसँग सम्पर्कमा आएका ६९ जनाको स्वाब परीक्षण गर्न विराटनगर पठाइएकामा नौ जनामा कोरोना देखिएको हो । सो बस्तीबाट पछि २ सय ५२ जनाको स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको थियो ।

जसमध्ये एक जनामा कोरोना पुष्टि भएको हो । उनी पनि मुस्लिम समुदायकै हुन् । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले भुल्केको मस्जिद नजिकको बस्तीका ६९ जनाको स्वाब परीक्षणका लागि शनिबार विराटनगर लगिएको र संकलित नमूनामध्ये आठ जनामा संक्रमण पुष्टि भएको बताए । उनले अन्य ६१ जनाको नेगेटिभ देखिएको बताए । कोरोना पोजिटिभ देखिएकालाई पुनः परीक्षण गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनीहरू सबैलाई उदयपुरबाट परीक्षणका लागि एम्बुलेन्समा धरान पठाइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।

संक्रमण देखिएका भनिएका व्यक्तिहरू सबै वयस्क पुरुष हु्न् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) वीरबहादुर बुढा मगरका अनुसार भुल्केबाट दुईवटा एम्बुलेन्समा राखेर उनीहरूलाई धरान पठाइएको बताए । मस्जिदमा बसेका धर्म प्रचारक धर्म गुरु जमातीहरू गाउँबस्तीका बासिन्दाको सम्पर्कमा आएको हुन सक्ने भन्दै गाउँलेको नमुना संकलन गरेर परीक्षण गरिएको हो । मस्जिदनजिकै नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा रहेको छ । जामे मस्जिदमा बसिरहेका १३ जनामा कोरोना संक्रमण भएको पुष्टि शुक्रबार भइसकेको छ । उनीहरूलाई विराटनगरस्थित (कोभिड–१९) उपचार केन्द्रमा राखेर उपचार गरिँदै छ । उनीहरूसँगै ल्याइएका तीन जनालाई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ ।

मस्जिदमा रहेको धर्म गुरु जमातीहरूलाई कोरोना संक्रमण भेटिएपछि प्रदेश सरकारले भुल्केस्थित मुस्लिम समुदायका ५६ घर परिवारमध्ये घरमुलीको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको थियो । त्यसमा २ महिलासहित ६९ जनाको स्वाब परीक्षणका लागि संकलन गरी विराटनगर लगिएको थियो । ६९ जनामध्ये नौ जना सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको पनि स्वाब संकलन गरिएको थियो । संकलित स्वाब परीक्षणपछि आठ जनामा संक्रमण भेटिएको हो । उनीहरू ट्याम्पो, अटो चालक तथा दूध र तरकारी व्यापारी हुन् । स्थानीय प्रशासनले संक्रमित क्षेत्र लगायत उदयपुरका ६ वटै मस्जिद यतिखेर सिल गरेको छ ।

कोरोना प्रभावित क्षेत्रका १५ घर थारू समुदाय, ५६ घर मुस्लिम समुदाय र ३ सय ५० घर पहाडे समुदाय गरी ४ सय २१ घर परिवार रहेको भुल्केलाई सिल गरिएको हो । त्यहाँबाट कोही पनि बाहिर जान पाउँदैनन् भने त्यहाँ जान पनि निशेष गरिएको (एसपी) वीरबहादुर बुढा मगरले बताए । त्यसले पनि स्थानीयवासीमा झन् त्रास बढेको स्थानीय यदु ढकालले जानकारी दिए । उनले भने, ‘यहाँको तरकारी गाईघाट बजार तथा आसपासको क्षेत्र प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डामा समेत जाने गरेको छ ।’

तिनीहरूको ‘ट्राभल हिस्ट्री’ हेर्दा उनीहरू सप्तरीको बोदेबसाइन नगरपालिका–५ जाँजरमा ३–५ फागुनमा भएको नेपाल इज्तीमा सहभागी हुन आएको देखिएको छ । उनीहरू भारतको जोगबनी हुँदै विराटनगर, दुहबी, इटहरी, इनरुवा, राजविराज हुँदै बोदेबसाइन नगरपालिका–५ जाँजरमा भएको सम्मेलनमा सहभागी भई स्थानीय मस्जिदहरूमा धार्मिक प्रवचन दिई कञ्चनपुर, फत्तेपुर, सिवाई हुँदै भुल्के आएको बुझिएको छ । राजधानी दैनिक