१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीका सभामुख भुवनले दिए राजीनामा



अ+ अ-

 

हेटौंडा । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिनु भएको छ । उपसभामुख अप्सरा चापागाईँलाई सम्बोधन गर्दै पाठकले राजीनामा दिनु भएको हो ।

जेनजी आन्दोलन चर्किँदै जाँदा उनले भदौ २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा घोषणा गर्नुभएको थियो ।

पत्रमा उहाँले लेख्नुभएको छ- राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तर आत्ममा लाग्यो र भाद्र २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरेँ ।