२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी आन्दोलनमा भएको दमन, तोडफोड र आगजनीका दोषीलाई कारबाही गर्न राप्रपा नेपालको माग



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले जेन–जी आन्दोलनमा भएको दमन, तोडफोड र आगजनीका दोषीलाई कारबाही गर्न माग गरेको छ । राप्रपा नेपालले दोषी पत्ता लगाउन उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने भनेको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रष्टाचार र कुशासनको अन्त्य केवल सरकार, दल वा व्यक्ति परिवर्तनबाट मात्रै हुन नसक्दै भन्दै भ्रष्टाचार उत्पादन गर्ने कारखानाको रूपमा रहेको शासकीय स्वरूप, राज्यको संरचना, निर्वाचन प्रणाली, संवैधानिक अंगसम्बन्धी व्यवस्थामा आमूल सुधार गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

यसैगरी राप्रपा नेपालले युवाहरूको भावना अनुसार भ्रष्टाचार र कुशासनको जरैदेखि उन्मुलन गर्न प्रदेश संरचनाको खारेजी, सनातन हिन्दु अधिराज्य पुन:स्थापना, निर्वाचन प्रणालीमा आमुल सुधार, भ्रष्टाचार निवारणको निम्ति जनलोकपालको स्थापना, संवैधानिक परिषद र न्याय परिषदको संरचनामा परिवर्तन लगायतका विषयबारे निर्णय गर्न यथासंभव चाँडो सर्वपक्षीय गोलमेच सम्मेलन आयोजना गर्न माग गरेको छ ।

निर्वाचन अघि नै यी विषयमा सुधार नभए फेरि भ्रष्टाचार र विकृतिको दलदलमा देश भासिने चेतावनी पनि उसले दिएको छ ।

राप्रपा नेपालले आन्दोलनको बलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा गठन भएको नयाँमन्त्रिपरिषद्लाई राप्रपा नेपालले बधाइ तथा सफलताको शु्भकामना दिएको छ ।