६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री बन्न भीमार्जुन आचार्यको अनिच्छा !



अ+ अ-

काठमाडौं । वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले मन्त्री बन्न अनिच्छा व्यक्त गरेका छन् ।

आचार्यले अन्तरिम सरकारको मन्त्री बन्न धेरैतिरबाट सुझाव आए पनि आफूले इच्छा नगरेको बताएका छन् ।

सामाजिक सञ्जालबाट आफ्ना धारणा सार्वजनिक गर्दै वरिष्ठ अधिवक्ता आचार्यले भनेका छन्– ‘फेरि मेरो चियाको, रियाजको, लेखनको– जमिनको जिन्दगीको आनन्द, खुशी र स्वतन्त्रता कसरी गुमाउ म !’

उनले सामाजिक सञ्जालमा लेखेका छन्–

क्याबिनेटमा जानु पूर्व क्याबिनेटका केही साथी र आन्दोलनका केही साथीहरूले मलाई मन्त्रि प्रस्ताव राख्नु भएको थियो । मैले विनम्रतापूर्वक आफू इच्छुक नभएको बताइसकेको छु । जीवन भरि संविधानको मूल्यको कुरा गरे आन्दोलनबाट निर्मित सरकारको सिमा निश्चित हॅंदैन । यसो हुन गएमा बाँकी जीवन मेरो जवाफ दिदैंमा बित्ने हुन्छ । चर्चा पुन भएको हो भने यसका लागि आभार । फेरि मेरो चियाको, रियाजको, लेखनको- जमिनको जिन्दगीको आनन्द, खुशी र स्वतन्त्रता कसरी गुमाउ म ! देशलाई परेको बखत् गर्ने सहयोग त सबै अवस्थामा गरेकै जस्तो लाग्छ । यति हो ती निर्दोष युवाहरू को रगतको श्राप लाग्ने दिन नआवस्, सरकारी, सार्वजनिक संपदा र निजी सम्पत्तिको बिनास र हत्यामा संलग्न व्यक्तिहरु लाई कानूनको दायरामा ल्याउन सकिएन भन्ने सुन्न नपरोस्, देशको अस्मितामा आँच आउने कुनै काम नहोस् !