२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले पुनर्निर्माणमा सघाउने, स्वयंसेवक खटाउने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जेन–जी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माणमा सहयोग गर्ने भएको छ ।

रास्वपाको मंगलबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचना क्षेत्र सफाई एवं पुन:निर्माणमा सघाउने निर्णय गरेको हो ।

क्षतिको विवरणसमेत संकलन गर्न सदस्यहरु पार्टीको पहिचान बिना स्वयंसेवकको रुपमा खटाउने निर्णय पनि बैठकले गरेको छ ।

यसैगरी जेनजी आन्दोलनका घाइतेहरुको स्वास्थ्य उपचारमा विशेष ध्यान दिन पार्टीको स्वास्थ्य विभागलाई परिचालन गर्ने र स्वास्थ्य अभियान सञ्चालन एवं सहिद परिवार भेटघाट र परिवारजनमा आवश्यक सहयोग पुर्‍याउने निर्णय भएको छ ।