१६ भाद्र २०८३, मंगलवार
,
Latest
भोटेकोशी बाढीबाट ५३ झोलुङ्गे पुलमा क्षतिः ३३ वटा पुनः निर्माण गर्नुपर्ने, पाँच स्थानमा अस्थायी तुइन… भोटेकोशी बाढीले सडक पूर्वाधारमा ठूलो क्षतिः ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त, ३१ वटा पुलमा… रसुवाका बाढीपीडितलाई गैंडाकोट नगरपालिकाको ३५ लाख सहयोग अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन राष्ट्र शान्तिको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा गरियो महारुद्राभिषेक सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशसभामा ४० करोड बराबरको क्षति



अ+ अ-

धनुषा। जेनजीको आन्दोलन र प्रदर्शनको क्रममा जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित रहेको मधेस प्रदेशसभा र सचिवालयमा रु ४० करोड  मूल्य  बराबरको भौतिक सामग्री क्षति भएको छ ।

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलका अनुसार प्रदेशसभाका सातै दलका संसदीय दलका कार्यालय, दलका सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यकक्षदेखि लिएर सचिवालयका अधिकांश शाखामा तोडफोड र आगजनी गरी पूर्ण रुपमा क्षति पुर्‍याएको राससलाई जानकारी दिनुभयो ।

त्यस्तै प्रदर्शनकारीहरूले कार्यालय क्षेत्र मात्र नभई गाडी र व्यक्तिगत सम्पत्तिमा समेत आक्रमण गरेको उहाँले भन्नुभयो । तोडफोडमा प्रदेशसभा सचिवालयको हायसगाडीमा आगजनी गरेर ध्वस्त बनाएको छभने सभामुख मण्डलको निजी गाडीको सिसा तोडफोड गरेर  क्षतिग्रस्त बनाएको बताइएको छ ।

कार्यालयभित्र भएका फर्निचर, कम्प्युटर, ल्यापटप, इटरनेट, टेलिभिजन र पङ्खालगायतका भौतिक सामग्री लुटपाट गर्नुका साथै जलाएर पूर्ण क्षतिग्रस्त बनाएको उहाँले जानकारी दिनुभयो । साथै सभामुख मण्डलले आफ्नो निवासमा पनि आन्दोलनकारीहरूले तोडफोड गर्नुका साथै तीन तोला सुनको गहना लुटेर लगेको जानकारी दिँदै यो एकदम गम्भीर एवं दुःखद् विषय भएको बताउनुभयो ।

त्यस्तै प्रदेशसभाभित्र रहेको मिडिया सेन्टरका कम्प्युटर र टेलिभिजन समेत लुटपाट भएको सचिवालयले जनाएको छ । यसैबीच मधेस प्रदेशसभाबाट आन्दोलनको नाममा  लुटपाट गरी लगिएको कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टेलिभिजन, क्यामरा, मनिटर, माइक, स्पिकर, फोटोकपी मेसिन, एसीलगायत विद्युतीय उपकरणका साथै भौतिक सामग्रीलगायतका सामान फिर्ता गर्न अनुरोध गरिएको छ ।

मधेस प्रदेशका सचिव वासुप्रसाद कोइरालाद्वारा लिखित सूचनामा उपरोक्त विद्युतीय सामग्री फिर्ता पठाउन अनुरोध गरिएको छ ।रासस