४ असार २०८३, बिहीबार
,
Latest
विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ मनसुन विपद्का लागि सरकारको उच्च सतर्कता, हेलिकप्टरसहित सबै स्रोत परिचालन हुने आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा खाद्यान्नको सुपथ पसल स ञ्चालन



अ+ अ-

जुम्ला। जुम्लामा दसैँ र तिहारलगायत पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ पसल सञ्चालनमा ल्याएको छ ।

विगतका वर्षमा झैँ यस वर्ष पनि सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका प्रमुख मनोज जोशीले जानकारी दिनुभयो ।

कम्पनीका अनुसार चामल र चिनी सहुलियत मूल्यमा उपलब्ध गराइनेछ । कार्यालय प्रमुख जोशीले भन्नुभयो, “आजदेखि सहुलियत पसल सञ्चालनमा आएको छ ।  खाद्यान्न र चिनीमा प्रतिकेजी रु पाँच छुट दिइनेछ । चाडपर्व लक्षित सुपथ पसल सञ्चालनमार्फत एक हजार १०० क्विन्टल चामल र २०० क्विन्टल चिनी बिक्री गर्नेे लक्ष्य रहेको छ ।”

आफ्नो परिचय खुल्ने जुनसुकै प्रमाणपत्रको प्रतिलिपीको आधारमा एक जनालाई ५० किलोग्रामसम्म मसिनो चामल प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसैगरी तिला गाउँपालिकाको जुम्लाकोट डिपो र सिञ्जा गाउँपालिकाको धापा डिपोबाट पनि सहुलियतको चामल र चिनी वितरण गरिने भएको छ ।

भदौ ३० गतेदेखि कात्तिक १० गतेसम्म उक्त सहुलियत पसल सञ्चालन गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले जनाएको छ । रासस