३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा खाद्यान्नको सुपथ पसल स ञ्चालन



अ+ अ-

जुम्ला। जुम्लामा दसैँ र तिहारलगायत पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ पसल सञ्चालनमा ल्याएको छ ।

विगतका वर्षमा झैँ यस वर्ष पनि सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाका प्रमुख मनोज जोशीले जानकारी दिनुभयो ।

कम्पनीका अनुसार चामल र चिनी सहुलियत मूल्यमा उपलब्ध गराइनेछ । कार्यालय प्रमुख जोशीले भन्नुभयो, “आजदेखि सहुलियत पसल सञ्चालनमा आएको छ ।  खाद्यान्न र चिनीमा प्रतिकेजी रु पाँच छुट दिइनेछ । चाडपर्व लक्षित सुपथ पसल सञ्चालनमार्फत एक हजार १०० क्विन्टल चामल र २०० क्विन्टल चिनी बिक्री गर्नेे लक्ष्य रहेको छ ।”

आफ्नो परिचय खुल्ने जुनसुकै प्रमाणपत्रको प्रतिलिपीको आधारमा एक जनालाई ५० किलोग्रामसम्म मसिनो चामल प्राप्त गर्ने कम्पनीले जनाएको छ । यसैगरी तिला गाउँपालिकाको जुम्लाकोट डिपो र सिञ्जा गाउँपालिकाको धापा डिपोबाट पनि सहुलियतको चामल र चिनी वितरण गरिने भएको छ ।

भदौ ३० गतेदेखि कात्तिक १० गतेसम्म उक्त सहुलियत पसल सञ्चालन गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले जनाएको छ । रासस