२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हार्दिक पाण्ड्यासँग नाम जोडिएकी को हुन् माहिका शर्मा ?



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेटर हार्दिक पाण्ड्या फेरि चर्चामा आएका छन् । एशिया कपमा बलिङ र नयाँ हेयरस्टाइलका कारण ध्यान खिचिरहेका उनले हाल मोडल तथा अभिनेत्री माहिका शर्मासँगको अफेयरका हल्लाले समेत समाचार बनेका छन् ।

दिल्लीमा जन्मिएकी २४ वर्षीया माहिकाले नेभी चिल्ड्रेन स्कुलबाट पढाइ पूरा गरी इकोनोमिक्स र फाइनान्समा अध्ययन गरेकी हुन् ।

उनी मोडलिङ र अभिनयमार्फत चर्चामा आइन् – रैपर रागाको म्युजिक भिडियो, ‘पीएम नरेन्द्र मोदी’ फिल्म र अस्कर विजेता निर्देशक आरल्यान्डो भोन आइन्सिडेलको इन्टु द डस्क लगायतमा अभिनय गरेकी छन् ।

माहिकाले अनीता डोंगरे, मनीष मल्होत्रा, रितु कुमारजस्ता डिजाइनरको शोमा वाक गरेकी छन् र २०२४ को इन्डियन फेसन अवार्ड्समा “मोडल अफ द इयर (न्यू एज)” उपाधि पाएकी छन् । उनी योग प्रशिक्षक पनि हुन् ।

हार्दिक–माहिका सम्बन्धको चर्चा एक भिडियो र माहिकाले उँगलीमा “२३” लेखेको पोस्टपछि सुरु भएको बताइन्छ । २३ हार्दिकको जर्सी नम्बर हो । दुबै पक्षबाट भने कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।