१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नेताहरुले गरे सिंहदरबारलगायत क्षतिग्रस्त संरचनाहरुको अवलोकन



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेताहरुले जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरिएको मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलगायत  क्षतिग्रस्त सार्वजनिक संरचनाहरुको अवलोकन गरेका छन् ।

मंगलवार पार्टीका निवर्तमान सांसदहरुले देशको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन, सर्वोच्च अदालत लगायतका क्षतिग्रस्त सार्वजनिक संरचनाहरुको अवलोकन गरेको सचिव गोकर्ण बिष्टले बताउनु भयो ।  उहाँले अधिकांश सार्वजनिक संरचनाहरु पूर्णरुपमा ध्वस्त अत्यन्तै दुःखद् भएको बताउनु भयो । सिंहदरबारको भवनसहित महत्वपूर्ण ऐतिहासिक दस्तावेज समेत ध्वस्त भएको हुनसक्ने उहाँको अनुमान छ  । उहाँले सार्ववजनिक संरचनामा आगजनी र तोडफोड गर्ने जेनजी पुस्ताको चाहाना हुन नसक्ने भन्दै आन्दोलनमा घुसपैठ भएको आशंका गर्नुभयो । उहाँले घटनाको सत्यतथ्य छानविन गरी तोडफोड र आगजनीमा संलग्नहरुलाई आवश्यक कारबाही गर्न समेत माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभाका निवर्तमान प्रतिनिधिहरु र नेताहरुले सिंहदरबारको मुख्य कार्यालयसहित क्षतिग्रस्त ठाउँहरुको अवलोकन गर्यौं । अधिकांश ठाउँमा संरचनाहरु ध्वस्त भएका छन् । सिंहदरबारमा रहेका ऐतिहासिक दस्तावेजहरु समेत ध्वस्त भएको हामी अनुमान गर्न सक्छौं । त्यसबाहेक, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, संसद भवन र देशका महत्वपूर्ण सार्वजनिक संरचना, निजी सम्पती र व्यवसायीक संरचनाहरु ध्वस्त भएका छन् । यो अवस्था निकै दुःखदायी छ । यो भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्ने त्यो जेनजी पुस्ताको चाहाना थिएन होला । यसमा को को शक्तिहरु घुसे र के कारणले यस्ता घटनाहरु घटे ? भन्ने विषयमा छानविन गरेर दोषिहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । युवा पुस्ताको मागका आधारमा हामी परिमार्जित भएर जाने कुरामा पनि हामीले गम्भिरताका साथ ध्यान दिनुपर्छ । आन्दोलनको क्रममा ज्यान गुमाउने युवाहरुप्रति पनि म हार्दिक श्रदाञ्जली व्यक्त गर्न चाहन्छु ।’

सचिव बिष्टले आन्दोलनको क्रममा ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली व्यक्त समेत गर्नुभयो । उहाँले युवा पुस्ताको चाहनाअनुसार राजनीतिक दलहरु परिमार्जन हुने कुरालाई सबैले गम्भीर रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।