२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नेताहरुले गरे सिंहदरबारलगायत क्षतिग्रस्त संरचनाहरुको अवलोकन



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेताहरुले जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरिएको मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलगायत  क्षतिग्रस्त सार्वजनिक संरचनाहरुको अवलोकन गरेका छन् ।

मंगलवार पार्टीका निवर्तमान सांसदहरुले देशको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार, राष्ट्रपति भवन, संसद भवन, सर्वोच्च अदालत लगायतका क्षतिग्रस्त सार्वजनिक संरचनाहरुको अवलोकन गरेको सचिव गोकर्ण बिष्टले बताउनु भयो ।  उहाँले अधिकांश सार्वजनिक संरचनाहरु पूर्णरुपमा ध्वस्त अत्यन्तै दुःखद् भएको बताउनु भयो । सिंहदरबारको भवनसहित महत्वपूर्ण ऐतिहासिक दस्तावेज समेत ध्वस्त भएको हुनसक्ने उहाँको अनुमान छ  । उहाँले सार्ववजनिक संरचनामा आगजनी र तोडफोड गर्ने जेनजी पुस्ताको चाहाना हुन नसक्ने भन्दै आन्दोलनमा घुसपैठ भएको आशंका गर्नुभयो । उहाँले घटनाको सत्यतथ्य छानविन गरी तोडफोड र आगजनीमा संलग्नहरुलाई आवश्यक कारबाही गर्न समेत माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभाका निवर्तमान प्रतिनिधिहरु र नेताहरुले सिंहदरबारको मुख्य कार्यालयसहित क्षतिग्रस्त ठाउँहरुको अवलोकन गर्यौं । अधिकांश ठाउँमा संरचनाहरु ध्वस्त भएका छन् । सिंहदरबारमा रहेका ऐतिहासिक दस्तावेजहरु समेत ध्वस्त भएको हामी अनुमान गर्न सक्छौं । त्यसबाहेक, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, संसद भवन र देशका महत्वपूर्ण सार्वजनिक संरचना, निजी सम्पती र व्यवसायीक संरचनाहरु ध्वस्त भएका छन् । यो अवस्था निकै दुःखदायी छ । यो भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राख्ने त्यो जेनजी पुस्ताको चाहाना थिएन होला । यसमा को को शक्तिहरु घुसे र के कारणले यस्ता घटनाहरु घटे ? भन्ने विषयमा छानविन गरेर दोषिहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । युवा पुस्ताको मागका आधारमा हामी परिमार्जित भएर जाने कुरामा पनि हामीले गम्भिरताका साथ ध्यान दिनुपर्छ । आन्दोलनको क्रममा ज्यान गुमाउने युवाहरुप्रति पनि म हार्दिक श्रदाञ्जली व्यक्त गर्न चाहन्छु ।’

सचिव बिष्टले आन्दोलनको क्रममा ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली व्यक्त समेत गर्नुभयो । उहाँले युवा पुस्ताको चाहनाअनुसार राजनीतिक दलहरु परिमार्जन हुने कुरालाई सबैले गम्भीर रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।




भर्खरै