१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

सार्वजानिक तथा व्यक्तिगत सम्पतीमाथि क्षति गर्नु अपराध हो, देशलाई नष्ट गर्ने काम नगरौँः गृहमन्त्री अर्याल

सार्वजानिक तथा व्यक्तिगत सम्पतीमाथि क्षति गर्नु अपराध हो, देशलाई नष्ट गर्ने काम नगरौँः गृहमन्त्री अर्याल
अ अ+ अ-

काठमाडौँ । गृह एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले जेन जी आन्दोलनका क्रमममा आगजानी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन गर्नुभएको छ ।

गृहमन्त्री अर्यालले मंगलवार उक्त कार्यालयको अनुगमन गर्नुभएको हो । कार्यालयको अनुगमन गर्दै उहाँले देशलाई नष्ट गर्ने काम कसैले गर्न नहुने बताउनु भयो । सार्वजानिक तथा व्यक्तिगत सम्पतीमाथि क्षति गर्नु अपराध भएको उहाँको भनाई छ । उहाँले हाल भएको क्षतिलाई व्यहोर्दै अगाडी बढ्ने समेत उल्लेख गर्नुभयो । उहाँले तत्काललाई भौतिक पुनःनिर्माण भन्दा पनि आचरण र पद्धतिको पुनःनिर्माण गर्ने बताउनु भयो । उहाँले जतिसुकै कठिन भएपनि व्यहोर्नुपर्ने उल्लेख गर्नुहुँदै त्यहीबाट उठ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी नेपाली हाँै । यो हाम्रो मातृभूमी हो । जतिसुकै कठिन भएपनि हामीले व्यहोर्नैपर्छ । त्यहीबाटै उठ्ने हो । त्यसकारणले अब केही कुरामा धैर्यता राख्नुपनि पर्ला । यो सबैकुरा सोचेर खास गरेर हामी सबैको उद्देश्य एउटै छ, भावना एउटै छ । अव यसरी चाहीँ देशलाई नष्ट पार्ने काम चाहीँ कसैले गर्नुहुँदैन । जसले गरिरहनुभएको छ, यो चाहीँ बेठिक गर्नुभएको छ । यसमा त कुनै दुईमत छैन नी, यो संरचना ध्वस्त गरेको कुरा जसरी नी बेठिक भयो नी त । सार्वजानिक सम्पती, निजी सम्पती यो बेठिक भएको छ नी । त्यसकारणले हामीले यो बेठिक भइरहेकोलाई बेठिक नै मान्छौँ र जे अहिले छ त्यो व्यहोर्छौँ अहिले हामी र जे छ त्यहाँबाट जर्गेना गर्दै अगाडी बढ्नेछौँ । फेरि तुरुन्तै गर्ने भनेर हात फैलाउँदै जाँदाखेरि पनि कहिलेकाही हाम्रो राष्ट्रिय अस्मितामा केही कमी भयो कि भन्ने पनि भाष्यहरु छन् । अब यो चाहीँ पुनःनिर्माण त भौतिक पुनःनिर्माणको मात्रै कुरा नभएर अरु हाम्रो आचरण पद्धतिको पनि पुर्ननिर्माण हुनसक्छ अहिले ।’ 

उहाँले क्षतिग्रस्त भएको कार्यालयको मूल्याङ्कनको लागि कार्यदल बनाउने जानकारी दिनुभयो । सोही कार्यदलको प्रतिवेदनको आधारमा बजेट छुट्याएर पुनःनिर्माण गर्ने उहाँको भनाई छ । उहाँले केही भवनलाई मर्मत मात्रै गरे पुग्ने देखिएको र केहीको भत्काएर पुनःनिर्माण गर्नुपर्ने देखिएको बताउनु भयो । उहाँले क्षतिग्रस्त सबै संरचनाहरुको राष्ट्रिय योजना आयोग, विपद् व्यवस्थापन प्राधिकरण र अर्थ मन्त्रालयसँग छलफल गरेर पुनःनिर्माण गर्ने जानकारी दिनुभयो ।