५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता

लाटोकोसेरोको संरक्षणमा बरदान बन्दै ‘ह्विट्ली अवार्ड’

लाटोकोसेरोको संरक्षणमा बरदान बन्दै ‘ह्विट्ली अवार्ड’
अ+ अ-

गण्डकी । प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजुु आचार्यले गत वर्ष बेलायतमा प्राप्त गर्नुुभएको विश्व प्रसिद्ध ‘ह्विट्ली अवार्ड’ गण्डकी प्रदेशमा लाटोकोसेरोको संरक्षणका लागि बरदान साबित बन्दै गएको छ । व्यक्तिगत रुपमा प्रदान गरिने उक्त अवार्डबापतको रकम संस्थागत रुपमा उपयोग हुनुुपर्ने प्रावधानअनुरुप प्रकृतिका साथीहरूलाई नेपालको लाटोकोसेरो संरक्षण परियोजनाका लागि ह्विट्ली फन्ड फर नेचरले ५० हजार पाउन्ड सहयोग प्रदान गरिएको थियो ।

संस्थाका निर्देशक संरक्षणकर्मी आचार्यलाई बेलायती राजकुमारी एनले गत वर्ष लन्डनमा उक्त अवार्डबाट पुरस्कृत गर्नुुभएको थियो । प्रदेशभित्र सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालय र वडा कार्यालय, सामुदायिक वन उपभोक्ता समितिको सहकार्यमा परियोजनाअन्तर्गतका काम गरिएको हो ।

परियोजनाको सुरुआतमा केशवराज सापकोटा, सुदर्शन पराजुली, ज्योति शर्मा, दीपा गुरुङ, आयुष ढुङ्गाना र बालकुमार गुरुङलाई लाटोकोसेरो संरक्षणदूत बनाइएको थियो । उहाँहरूलाई संस्थाले तालिम दिएर संरक्षण कार्यमा खटाएको थियो । उक्त परियोजनामा संरक्षणदूतसहित प्रकृतिका साथीहरूका निर्देशक राजुु आचार्य, केशव दाहाल, सुमन सापकोटा, सङ्गम पौडेल र अनु पौडेलसहित ११ जना खटिनुुभएको थियो ।

उक्त अवार्डबापतको रकमलाई गुलेली नियन्त्रण, बुढा रूखको संरक्षण, कृत्रिम गुँडको वितरण तथा लाटोकोसेरोको अवैध चोरी–सिकारी नियन्त्रण आदिमा उपयोग गरिएको निर्देशक आचार्यले जानकारी दिनुुभयो । परियोजनाअन्तर्गत गत वर्ष भदौबाट कास्कीमा ८९, स्याङ्जामा सात, म्याग्दी र बागलुङमा दुुई÷दुुई गरी एक सय कृत्रिम गुँड राखिएको छ । संस्थाले परीक्षणका लागि गुँडको गतिविधि नियाल्न एउटा गुँडको भित्र र बाहिर सिसिटिभी क्यामरा पनि जडान गरेको छ । राखिएका गुँडमध्ये सातवटा गुँडमा लाटोकोसेरोले बास बनाएको छभने ४८ वटामा चिवे, धोबिनी, डाँग्रे, परेवा, खोले कल्चौडो चरा बसेका छन् । लाटोकोसेरोले आफैँ गुँड नबनाउने र अरू चराले बनाएकामा बस्ने भएकाले यसको संरक्षणमा कृत्रिम गुँड फलदायी हुने आचार्यको विश्वास छ ।

नेपालमा लाटोकोसेरोको अस्तित्व गम्भीर सङ्कटमा परेको बताउँदै आचार्यले लाटोकोसेरोको अवैध शिकार, व्यापार, मिथक विश्वास, गुलेली प्रयोग र पुराना रुखको विनाशका कारण हरेक वर्ष करिब एक हजार ५०० लाटोकोसेरो मर्ने तथा व्यापार हुने गरेको पाइएको जानकारी दिनुुभयो । यही तथ्याङ्कलाई दृष्टिगत गर्दै समुदाय, विद्यालय र सरकारी निकायहरूको सहकार्यमा पाँच सामुदायिक वनलाई गुलेली–मुक्त र तीन सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण क्षेत्र घोषणा गरिएको छ ।

यस अभियानले लाटोकोसेरो मात्र नभई गिद्ध, चील र अन्य दुर्लभ प्रजातिहरूलाई पनि फाइदा पु¥याएको आचार्य बताउनुहुन्छ । उहाँका अनुसार यस अभियानलाई सम्भव बनाउन ह्विट्ली फन्ड फर नेचर ९डब्लुएफएन०, बेलायतले प्रदान गरेको सहयोगले महत्वपूर्ण आधार तयार गरेको हो । “नेपालमै पहिलो पटक समुदायले आफ्नै वनलाई गुलेली–मुक्त घोषणा गरेर लाटोकोसेरो बचाउने प्रतिबद्धता देखाएका छन्”, उहाँले थप्नुुभयो, “यो समुदायको स्वामित्वमा आधारित संरक्षण आन्दोलन हो ।”

कार्यक्रमअन्तर्गत गुलेली–मुक्त घोषणा गरिएका पाँच सामुदायिक वनमा कास्कीको तिब्रेकोट, स्याङ्जाको रोलबराह–सिम्रिकलेक, म्याग्दीको देउरालीपाखा, कास्कीको शान्ति तथा सालघारी र श्रीगणेश–भद्रकाली मन्दिर क्षेत्र रहेका छन् । यी क्षेत्रहरूको कुल क्षेत्रफल २५५।२४ हेक्टर रहेको जानकारी दिँदै उहाँले थप १३७।५ वर्ग किलोमिटर क्षेत्रमा गुलेली खरिद–बिक्री रोकथाम गर्ने चेतना अभियान सुरु गरिएको जानकारी दिनुुभयो ।

त्यस्तै लाटोकोसेरो संरक्षण क्षेत्रका रूपमा कास्कीको तिब्रेकोट, स्याङ्जाको रोलबराह–सिम्रिकलेक र म्याग्दीको देउरालीपाखा सामुदायिक वनलाई घोषणा गरिएको छ । यी संरक्षण क्षेत्र १८०.२५ हेक्टरमा फैलिएका छन् । यस क्षेत्रमा हालसम्म २९८ प्रजातिका चरा अभिलेखित गरिएको छ । सङ्कटग्रस्त गिद्ध र स्थानीय चराहरू पनि यिनै क्षेत्रमा सुरक्षित रहेको बताउँदै उहाँले विद्यालयस्तरमा पनि अभियानलाई सशक्त बनाउन दुई विद्यालयमा लाटोकोसेरो क्लब गठन गरिसकिएको जानकारी दिनुुभयो ।

कास्कीको गौरीशङ्कर माध्यमिक विद्यालय र हेन्जा बोर्डिङ स्कुलमा स्थापना भएका क्लबहरूले सरसफाइ, रोपाइँ, चित्रकला प्रतियोगिता र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । क्लब गठनसँगै लाटोकोसेरोसहित चराचुुरुङ्गीको संरक्षणमा विद्यालय तथा समुदायस्तरमा सचेतना अभिवृद्धि भइरहेको गौरीशङ्कर माध्यमिक विद्यालयका लाटोकोसेरो क्लबका संरक्षक रुद्रप्रसाद देवकोटाले जानकारी दिनुुभयो । “क्लब गठनसँगै विद्यार्थीहरूमा पर्यावरण जोगाउन लाटोकोसेरोको कति महत्व छ भन्ने कुरा सचेतना अभिवृद्धि एवं संरक्षण प्रतिको क्रियाशीलता बढेको छ”, उहाँले भन्नुुभयो ।

पोखरा र आसपासका क्षेत्रमा पाइने गोठे लाटोकोसेरो मानव बस्ती नजिकै बस्न रुचाउने पन्छी हो । यस पन्छीले कृषि क्षेत्रमा मुसा नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ । लाटोकोसेरोको एउटा परिवारले एक याममा दुुई हजारदेखि तीन हजारसम्म मुसा खान सक्ने हुँदा यसबाट कृषि उत्पादनमा वृद्धि गर्न सहयोग पुग्दछ । त्यसैले यसलाई किसानको साथी पनि भनिन्छ ।

पोखरा महानगरपालिका–२५ हेम्जाले त गोठे लाटोकोसेरोलाई ‘वडा पन्छी’ र राजगोमनलाई ‘वडा सर्प’ घोषणा गरिसकेको छ । गत असारमा वडाध्यक्ष मोतीलाल तिम्सिनाले हेम्जामा आयोजित लाटोकोसेरो र सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रममा उक्त घोषणा गर्नुुभएको थियो । वडाको बैठकबाट सर्वसम्मत रूपमा निर्णय गरेर वडा पन्छी र वडा सर्प घोषणा गरिएको वडाध्यक्ष तिम्सिनाले जानकारी दिनुुभयो ।

तथ्याङ्कअनुसार यो अभियानसँगै विद्यार्थीबीच गुलेली प्रयोग १९ प्रतिशतले घटेको छ । त्यस्तै कानुन कार्यान्वयनमा पनि उल्लेखनीय प्रगति भएको छ । कार्यक्रमअन्तर्गत नै गण्डकी प्रदेशको २३३ वनकर्मी, प्रहरी अधिकारी तथा स्थानीय राजनीतिज्ञलाई प्रशिक्षण दिइएको छ । यस प्रशिक्षणपछि गण्डकी प्रदेशमा लाटोकोसेरोको अवैध सिकार र व्यापारमा २७।५ प्रतिशत कमी आएको अध्ययनले देखाएको आचार्यले जानकारी दिनुुभयो ।

“प्रशिक्षणसँगै सम्बन्धित त्यसका सहभागीले संयुक्त पेट्रोलिङ, छड्के अनुगमन र सूचनामा तत्काल प्रतिक्रिया दिने अभ्यासलाई मजबुत बनाएका छन्”, उहाँले भन्नुुभयो,    “समुदायस्तरमा संरक्षण चेतना बढाउन एक वर्षको अवधिमा १०५ वटा शिविर आयोजना गरिएको छ । यसबाट छ हजार ६५६ जनासम्म प्रत्यक्ष लाभान्वित भएका छन् ।”

पछिल्लो समयमा लाटोकोसेरोको संरक्षणमा विद्यार्थी, स्थानीयवासी र लाटोकोसेरो दूतहरू सक्रिय रूपमा सहभागी भएका छन् । यस बीचमा छ जना लाटोकोसेरो दूतहरूले मात्र २५ घाइते लाटोकोसेरो उद्धार गरी पुनःस्थापना गरेका छन् भने २८० गुलेली सङ्कलन गरेका छन् । यस बीचमा सयवटा कृत्रिम गुँडको चयन तथा निगरानीमा नेतृत्वदायी भूमिका निर्वाह गरिएको संरक्षण दूत बालकुमार गुुरुङले जानकारी दिनुुभयो ।

उहाँका अनुुसार लाटोकोसेरोको वासस्थान संरक्षणका लागि पाँच सयवटा पुराना रुखलाई चिनो लगाएर जोगाइएको छ । यसका कारण यी रुखहरूले लाटोकोसेरोसहित सयौँ चराका लागि सुरक्षित बासस्थान उपलब्ध गराएको उहाँले बताउनुुभयो ।

कार्यक्रमअन्तर्गत नै शहरी एवम् अर्धशहरी क्षेत्रमा एक सयवटा कृत्रिम गुँड जडान गरिएको छ । जडान गरिएका कृत्रिम गुँडमा ४८ प्रतिशतमा चरा बसोबास गरेको पाइएको छ । त्यस्तै कृत्रिम गुँडमध्ये सातवटा गुँडमा भने लाटोकोसेरोले सफलतापूर्वक प्रजनन् गरेको प्रमाण भेटिएको छ ।

गुँडहरू सकेसम्म लामो समयसम्म टिकाउ होस् भन्ने उद्देश्यले टुनीको काठबाट बनाइएको छ । गुँडहरू घर, विद्यालय, सामुदायिक भवन, वडा कार्यालय, मन्दिर, चौतारा, पार्क, पार्टी प्यालेसमा राखिएको छ । टुनीको काठ अन्य काठ भन्दा टिकाउन हुने भएकाले केही लगानी बढी भए पनि टुनीको काठ प्रयोग गरिएको आचार्यले जानकारी दिनुुभयो ।

सचेतनासँगै गुलेली प्रतिबन्ध कार्यक्रमअन्तर्गत २० पसलमा गरिएको निगरानीमा सुरुआती अवस्थामा ५४५ गुलेली भेटिएकोमा पछि यो संख्या ६४ प्रतिशतले घटेका छन् । अभियानकै क्रममा १३ वटा पसलले गुलेली नबेच्ने सूचना टाँसेका छन् र १२ स्थानमा संरक्षणसम्बन्धी होर्डिङ बोर्ड जडान गरिएको छ । यीसहित पोखरा–१३ को भद्रकाली बन, पोखरा–२३ को शान्ति तथा सल्लाघारी सामुदायिक बनलाई गुलेली प्रतिबन्धित क्षेत्र घोषणा गरिएको छ ।

संस्थाले गरेको अध्ययनअनुसार पोखराको महेन्द्रपुल, पामे, हेम्जा र भद्रकाली क्षेत्रबाट मात्रै वर्षमा १२ हजार गुलेली बिक्री हुने गर्छ । संस्थाले गुलेली प्रतिबन्धित क्षेत्र वरपर रहेका पसलबाट गुलेली किनेर ‘यो पसलमा गुलेली बेच्दैनौं’ लेखिएको बोर्ड पनि टाँगेको छ । निर्देशक आचार्यले ती क्षेत्रमा बाँदर धपाउन गुलेलीको प्रयोग गर्न दिइए पनि चरा मार्न प्रयोग गर्नबाट रोकिएको छ ।

यस्ता उपलब्धिले लाटोकोसेरो मात्र नभई अन्य जीवजन्तु र चराहरूको दीर्घकालीन संरक्षणमा योगदान पु¥याएको छ । पुराना रुख बचाउने, कृत्रिम गुँड राख्ने र गुलेली नियन्त्रण गर्ने कदमहरूले गिद्ध, चील र अन्य संकटग्रस्त प्रजातिलाई पनि सुरक्षित बनाएका छन् ।

परियोजना टोलीले आगामी दिनमा थप गुलेली मुक्त बस्ती र संरक्षण क्षेत्र घोषणा गर्ने, पुराना रुखको दीर्घकालीन निगरानी गर्ने, विद्यालयस्तरमा ‘लाटोकोसेरो सुरक्षित विद्यालय’ कार्यक्रम विस्तार गर्ने र लाटोकोसेरो संरक्षण केन्द्र स्थापना गर्ने लगायतका योजना अघि सारेको छ । यो अभियानले संरक्षण केवल सरकारी काम मात्र नभै समुदाय र विद्यालयले पनि हातेमालो गर्दा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने कुरालाई उजागर गर्ने कुरालाई थप प्रमाणित गरेको संरक्षण दूत गुुरुङको भनाइ छ ।

विश्वमा लाटोकोसेरोका प्रजाति २५० रहेपनि नेपालमा २३ वटा प्रजातिका रहेको जानकारी दिँदै निर्देशक आचार्यले परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रम एवं प्रहरी, वन कर्मचारी, स्थानीय समुदाय र विद्यार्थीमाझ गरिएका लाटोकोसेरो संरक्षणसम्बन्धी सचेतना शिविरका कारण लाटोकोसेरोको संरक्षणमा महत्वपूर्ण उपलब्धिहरू हासिल हुँदै गएको बताउनुुभयो । परियोजना अतिरिक्त संस्थाले राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा वन्यजन्तुको चोरी, तस्करी नियन्त्रणका लागि सुराकी एप्लिकेसन तयार गरी त्यसलाई सञ्चालनमा ल्याउन तयारी समेत गरेको उहाँले जानकारी दिनुुभयो । रासस