२१ भाद्र २०८३, आईतवार
,
Latest
नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन ‘भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’ नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल



अ+ अ-

काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि बढ्न सबैलाई अपिल गर्नुभएको छ ।

आज एक विज्ञप्ति जारी गरी उहाँले नीतिनिर्माण र कार्यान्वयनमा समावेशी दृष्टिकोण अपनाउनसमेत आग्रह गर्नुभएको छ । “युवापुस्ता, महिला, सीमान्तकृत समुदाय तथा विपन्न वर्गका आवाजलाई नसमेटी लोकतन्त्रलाई बलियो बनाउन सकिँदैन ।

देशभित्रको आन्तरिक सहमति तथा संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यताअनुरूप अगाडि बढ्न आग्रह पनि गर्दछु”, विज्ञप्तिमा उल्लेख छ ।

उपाध्यक्ष घिमिरेले कठिन घडीमा सबै पक्षलाई धैर्य, संयम र आपसी विश्वासका साथ अघि बढ्न आग्रह गर्नुभएको छ । राज्यका निकायहरूले नागरिकको आवाज सुन्ने, समस्या सम्बोधन गर्ने र दिगो समाधान खोज्ने प्रतिबद्धता जनाउन जरुरी रहेकामा उहाँको जोड छ ।

उपाध्यक्ष घिमिरेले आन्दोलनका क्रममा सार्वजनिक र निजी संरचना जोगाउन सहयोग गर्ने सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै ‘जेनजी’ आन्दोलनबाट उत्पन्न परिस्थितिको सामना गर्न शोकलाई शक्तिमा बदल्दै नयाँ नेपाल निर्माणमा जुट्न आह्वान गर्नुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, “देश सङ्कटपूर्ण अवस्थामा रहेको यो बेला उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सही ठाउँमा पुर्याउँदैन। आन्दोलनमार्फत उठाइएका माग, आवाज र असन्तुष्टिलाई लोकतान्त्रिक प्रक्रियाभित्र समेट्दै दिगो समाधानको बाटो खोज्नु हाम्रो सामूहिक जिम्मेवारी हो । शान्ति, सहकार्य र आपसी विश्वासमार्फत मात्र हामीले समाज र नागरिकका आकांक्षा सम्बोधन गर्न सक्छौँ ।” रासस