११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

फागुन २१ को निर्वाचनले मुलुकलाई नयाँ दिशानिर्देश दिनेछ- रास्वपा

फागुन २१ को निर्वाचनले मुलुकलाई नयाँ दिशानिर्देश दिनेछ- रास्वपा
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने निर्वाचन मुलुकलाई स्पष्ट दिशातर्फ डोर्याउने विश्वास व्यक्त गरेको छ।

कार्यवाहक सभापति डीपी अर्यालले भिडियो सन्देशमार्फत पूर्व संसद र त्यहाँका दलहरूले निकास दिन असमर्थ भएकाले रास्वपाले शीघ्र निर्वाचनको माग गरेको स्मरण गराउँदै भने, “अब मुलुक अन्तरिम सरकारद्वारा हुने निर्वाचनमार्फत पछिल्लो राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने मोडमा पुगेको छ।”

उनका अनुसार, आगामी निर्वाचनले जेनजी विद्रोहपछि देखिएको जनचाहनालाई सम्बोधन गर्दै संक्रमणकालको अन्त्य गर्नेछ। अर्यालले भने, “अन्तरिम सरकार बनेसँगै मुलुक फेरि संक्रमणको दिशामा गएको छ। यो अवस्थालाई छोटो पार्दै राजनीतिक स्थायित्व दिन निर्वाचन प्रमुख बाटो हो।”

साथै उनले आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पुनर्निर्माण, सरसफाइ र संरक्षणमा कार्यकर्तालाई जुट्न आह्वान गरेका छन्।

यस्तो छ उनको भनाइ

सर्वप्रथम भाद्र २३ र २४ गते भएको जेन जी समूहको प्रदर्शनमा शहादत प्राप्त गर्ने शहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा आन्दोलनको क्रममा घाइते हुनुभएकाहरूमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ।

शान्तिपूर्ण विरोध, प्रतिरोध र प्रदर्शनको मौलिक अधिकारलाई हामी अत्यन्तै सम्मान गर्दछौं। तर, त्यस दौरान हुने जुनसुकै मानवताविरुद्धका घटना र हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा पनि हामी प्रष्ट छौं।

सार्वजनिक तथा साझा सम्पत्तिको संरक्षण, मर्मतसम्भार र पुनर्निमाण गर्नु हामी सबैको दायित्व हो। स्थानीय सरकारसँग समन्वय गरी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सरकारी एवं सार्वजनिक संरचनाको सरसफाइमा जुट्न तथा पुनर्निर्माणमा समेत सक्दो सहयोग गर्न रास्वपाका सम्पूर्ण पार्टी सदस्यहरूलाई आह्वान गर्दछौं।

अन्तरिम सरकार निर्माणसँगै मुलुक फेरि एकपटक राजनीतिक संक्रमणको दिशातर्फ धकेलिएको छ। र, देश एकपटक फेरि यो संक्रमणकाललाई सकेसम्म छोटो बनाएर राजनीतिक निकास दिनुपर्ने चुनौतीपूर्ण मोडमा आइपुगेको छ।

लोकतन्त्रमा दलीय भूमिका सधैं सर्वोपरी हुन्छ भन्नेमा हामी पूर्ण विश्वस्त छौं। अहिलेको जटिल परिस्थितिलाई चिर्दै रास्वपालाई जनताका पक्षमा, सुशासनको पक्षमा तथा लोकतन्त्रका पक्षमा थप सबल, सक्षम र सशक्त बनाएर आगामी जनादेशमा अब्बल सावित गर्नुपर्ने चुनौती हामीसँग छ। त्यसैले, सत्कर्मका साथ आम नागरिकको विश्वास जित्दै राष्ट्र निर्माणको महाअभियानमा जुट्न आवश्यक छ। सोहीअनुसार योजनाबद्ध तयारी गर्नुहुन पार्टी पंक्तिलाई आह्वान गर्दछौं।

तत्कालिन संसद र त्यहाँ प्रतिनिधित्व गर्ने दलहरूले मुलुकलाई निकास दिन सक्दैनन् भन्ने निचोडका साथ हामीले शीघ्र निर्वाचनको माग गरेका थियौं। पछिल्लो राजनीतिक बद्लावलाई अन्तरिम सरकारले गराउने निर्वाचनमार्फत संस्थागत गर्ने गरी मुलुक अगाडि बढेकाले फागुन २१ गतेका लागि घोषित निर्वाचनले संक्रमणकालको अन्त्यसँगै पछिल्लो जेनजी विद्रोहको म्याण्डेट र जनचाहना सम्बोधन गर्ने गरी मुलुकलाई स्पष्ट दिशानिर्देश गर्नेमा हामी विश्वस्त छौं।

विशेष परिस्थितिमा हुन लागेको निर्वाचनलाई सफल बनाउने गरी रचनात्मक सहयोग गरिदिन सम्पूर्ण राजनीतिक दलसहित अन्य सरोकारवाला सबै पक्षलाई अपिल गर्दछौं। घोषित मितिमै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु हामी सबैको साझा जिम्मेवारी हो।

अन्त्यमा, समाजिक सदभाव, राष्ट्रिय एकता र समृद्धिको अभियानमा एकजुट भएर दृढताका साथ अगाडि बढ्न देश विदेशमा रहेका आम नेपाली समुदायमा आह्वान गर्दछौं।