१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

राहतको नाममा कसरी भयो ८० करोड बढी खर्च ?

राहतको नाममा कसरी भयो ८० करोड बढी खर्च ?
अ अ+ अ-

काठमाडौं । लकडाउनको अवधिमा देशभरमा रहेका विभिन्न स्थानीय तहले राहतका नाममा ८० करोडभन्दा बढी रकम सकेका छन् । स्थानीय तहले वितरण गरेको सो राहत रकमको पारदर्शितामाथि प्रश्न सिर्जना भएको छ । स्थानीय तहले हालसम्म ८ लाख २७ हजार घरपरिवारलाई राहत वितरण गरिएको विवरण केन्द्रमा पठाएका छन् । तर, राहत वितरण गर्दा लागेको खर्चको स्पष्ट विवरण भने कुनै पनि स्थानीय तहले केन्द्रमा पठाएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार लकडाउनको अवधिमा ७ सय ५३ वटा स्थानीय तहमध्ये ६ सय ५० भन्दा बढीले गरिब विपन्नका नाममा राहत वितरण गरेका छन् । राहत वितरण गरे पनि अधिकांश स्थानीय तहले राहतमा भएको खर्चको पारदर्शी विवरण राख्न नसकेको पाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिनअघि मात्रै लकडाउनका कारण प्रभावित भएका विपन्न नागरिकका लागि ८० करोडको राहत वितरण गरिएको बताएका थिए । स्थानीय तहबाट करोडौं रुपैयाँ वितरण भएको भए पनि केन्द्रीय सरकारले खर्च भएको रकमको पारदर्शी विवरण माग्न सकेको छैन । स्थानीय तहलाई समन्वय गर्ने केन्द्रीय मन्त्रालयका रूपमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहत वितरणको सूची माग गरे पनि खर्च भएको रकम भने मागेको छैन । मन्त्रालयका प्रवक्ता सहसचिव वसन्त अधिकारीले स्थानीय तहले राहत वितरण गर्दा लागेको खर्चको विवरण पारदर्र्शी रूपमा सार्वजनिक गर्नुपर्ने बताए । उनले मन्त्रालयले सबै स्थानीय तहसँग राहत लिएका घरपरिवारको विवरण माग गरिएको जानकारी दिए ।

उनले अब दोस्रो चरणमा राहत वितरण गर्दा लागेको खर्चको विवरण माग गरिने बताए । कतिपय स्थानीय तहले राहत वितरण गर्दा अनियमित किसिमले वितरण गरेका गुनासासमेत आइरहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । बारामा राहतका नाममा कुहिएको चामल वितरण गरेको भन्दै नगरप्रमुख नै पक्राउ परेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राहत वितरणबारे केन्द्रबाट अनुगमन गर्ने तयारी गरिएको जानकारी दिएको छ । ‘गुनासाहरू आएपछि केन्द्रबाट अनुगमनको तयारी गरिएको छ,’ मन्त्रालयका प्रवक्ता अधिकारीले भने, ‘अधिकारीले राजस्व ढुकुटीको खर्च गर्दा जिम्मेवार पदाधिकारीले पारदर्शिता र जवाफदेहितामा विशेष ध्यान दिनुपर्छ ।’ मन्त्रालय स्रोतका अनुसार स्थानीय तहले बेरुजु आउने गरी राहत वितरण गरेको पाइएको छ ।

स्थानीय तहहरूले विपद् व्यवस्थापन कोषबाट राहत वितरण गरिरहेका छन् । अर्थ मन्त्रालयले राहत वितरणसम्बन्धी नमुना मापदण्ड पठाएको थियो । त्यसैलाई आधार बनाएर स्थानीय तहले आफ्नै मापदण्ड बनाएर राहत वितरण गरिरहेको जनाइएको छ । संघीय मामिला मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका महानगरपालिका र नगरपालिकाले मात्रै १ लाख ८५ हजार घरपरिवारलाई राहत वितरण गरेको विवरण पठाएका छन् । स्थानीय तहले राहतस्वरूप चामल, दाल, तेल, नुन, साबुन, चिउरालगायत सामग्री वितरण गर्दै आइरहेको मन्त्रालयले जनाएको छ । राजधानी दैनिक