१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

काठमाडौं छाड्नेको लर्को

काठमाडौं छाड्नेको लर्को
अ अ+ अ-

काठमाडौं । लकडाउनमा अलपत्र परेका श्रमिक, मजदुर तथा विद्यार्थी गाउँ फर्कन थालेका छन् । लकडाउन लम्बिँदै गएपछि राजनीतिक पहुँचका आधारमा अहिले गाउँ फिर्ता गर्ने काम भइरहेको छ । मन्त्री, नेता, सांसद तथा कतिपय नगरपालिका र गाउँपालिकाको अगुवाइमा गाउँ फर्काउने क्रम चले पनि प्रधानमन्त्री केपी शर्मा ओली भने असन्तुष्ट रहेको पाइएको छ । सरकारले लकडाउन घोषणा गर्दा जो जहाँ छ, त्यहीँ बस्न निर्देशन दिएको थियो । प्रधानमन्त्री ओलीले पछिल्लोपटक कसैलाई पनि उपत्यका बाहिर जान नदिन र कसैलाई समस्या परेको भए त्यहीँ व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

सरकारको निर्देशनविपरीत धमाधम गाउँ पठाउने काम भएपछि प्रधानमन्त्री ओली असन्तुष्ट बनेका हुन् । प्रधानमन्त्री सचिवालयका अनुसार अहिले लकडाउन भएकाले जो जहाँ छ, त्यहीँ बस्नुपर्ने र कोही कसैलाई समस्या भएमा सम्बन्धित पालिकाले व्यवस्थापन गनुपर्ने पक्षमा प्रधानमन्त्री रहेका छन् । तर, सरकारकै मन्त्रीहरूको पहलमा धमाधम अहिले श्रमिक तथा मजदुर र गाउँ फर्कन चाहनेलाई पठाउने काम भइरहेको छ । मंगलबार सयौं गाडी उपत्यकाबाट बाहिरिएका थिए भने बुधबार पनि त्यो क्रम जारी नै रहेको थियो । अलपत्र परेकालाई गाउँ फर्काउनु उचित रहे पनि सामान्य स्वास्थ्य सावधानी अपनाइएको छैन भने कोरोना भाइरसको त्रासबीच कोचाकोच गरेर गाडीमा पठाउने गरेको पाइएको छ ।

लकडाउन लम्बिँदै जाँदा कतिपय श्रमिक तथा मजदुर समस्यामा परेपछि हिँडेरै आफ्नो गृह जिल्ला फर्कन थालेका थिए । त्यसपछि मन्त्री, सांसद, नगरपालिका, गाउँपालिका आफैंले समन्वय गरेर मान्छे ओसार्न थालेका हुन् । कतिपयले निःशुल्क रूपमा मान्छे ओसारेको पाइएको छ भने कतिपयले भाडा उठाएर पठाउने गरेको पाइएको छ । यसरी, काठमाडौं उपत्यका लगायतबाट गृह जिल्ला मान्छे ओसार्दा सामान्य स्वास्थ्य चेकजाँचसमेत नगर्ने, मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्ने कार्यले संक्रमण थप फैलिन सक्ने खतरा पनि बढेर गएको छ । कतिपय नगरपालिका तथा गाउँपालिकाले भने आफ्नो क्षेत्रमा पुगेपछि ज्वरो नाप्ने गरेको पाइएको छ ।

अलपत्र परेका श्रमिक तथा मजदुरलाई निश्चित मापदण्ड पूरा गरेर गाउँ फर्काउनुको सट्टा सामाजिक सञ्जालमा सूचन जारी गरेरै आह्वान गर्ने र कोचाकोच गरेर गाडीमा पठाउने गरेको पाइएको हो । राजधानी दैनिक