१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगरको भाटभटेनीमा जलेको अवस्थामा शव भेटियो



file photo
अ+ अ-

काठमाडौँ । विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा शव फेला परेको छ ।

सफाइ गर्ने क्रममा दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको हो ।

जेनजी आन्दोलनका क्रमम विराटनगर स्थित भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड भएको थियो ।

सो क्रममा लुटपाट गर्न जानेमध्ये कसैको मृत्यु भएको हुन सक्ने प्रहीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का तयार पारिएको छ ।

‘शव पूर्ण रुपमा जलेको अवस्थामा रहेकाले पहिचान गर्न कठिन छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।