काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले स्वकीय सचिवालय नराख्ने भएका छन् ।
आज सिंहदरबारमा पदभार ग्रहणपश्चात उनले यस्तो घोषणा गरेका हुन् ।
आफ्नो लागि एक सवारी चालक भए पुग्ने उनले बताए । गाडीमा हिँड्दा आफूले फोनमा कुरा गर्नुपर्ने भएकाले चालक आवश्यक पर्ने उनको भनाई छ ।










