१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

अर्थतन्त्र सुधारको पक्षमा रहेका पूर्वअर्थसचिवलाई अर्थमन्त्रीको जिम्मेवारीः ढलेका संरचना उठाउनेदेखि निजी क्षेत्रको मनोबल उकास्नेसम्म चुनौती

अर्थतन्त्र सुधारको पक्षमा रहेका पूर्वअर्थसचिवलाई अर्थमन्त्रीको जिम्मेवारीः ढलेका संरचना उठाउनेदेखि निजी क्षेत्रको मनोबल उकास्नेसम्म चुनौती
अ अ+ अ-

काठमाडौँ । आर्थिक सुधारको पक्षमा निरन्तर लागिरहेका पूर्वअर्थसचिव रामेश्वर खनाललाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अर्थसचिवको जिम्मेवारी दिएको छ ।

आजै खनालले पद तथा गोपनियताको शपथ लिनुभएको छ । लामो सयम अर्थमन्त्रालयमा काम गर्नुभएका उहाँले केही समयअघि मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा केपी ओली सरकारलाई करिव ४५० पृष्ठ लामो प्रतिवेदन बुझाउनुभएको थियो । अर्थतन्त्रमा देखिएका कमी कमजोरीहरुबारे एक एक कुराको जानकार खनालले अबको अर्थतन्त्र अघि बढाउने जिम्मेवारी पाउनुभएको हो ।

आफ्नो सरकारी जीवनको अधिकांश समय अर्थ मन्त्रालयमा बिताउनुभएका खनालले १५ भदौ २०६५ देखि ३० चैत २०६७ सम्म अर्थ मन्त्रालयका सचिवको रुपमा काम गर्नुभएको । त्यसअघि २३ साउन २०६३ देखि उनले मन्त्रालयको राजस्व सचिवका रुपमा काम गर्नुभयो ।

सचिवका रुपमा खनालले डा. रामशरण महत, डा बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे तथा भरतमोहन अधिकारीलगायत मन्त्रीहरूसँग काम गर्नुभएको थियो । भरतमोहन अधिकारी मन्त्री भएका बेला बजेट निर्माणको काम मन्त्रालयबाहिर भइरहेको थाहा पाएपछि खनालले सचिवबाट राजीनामा दिनुभएको थियो ।

मन्त्रालयको सहसचिव रहँदा खनालले बजेट तथा कार्यक्रम महाशाखा तथा वैदेशिक सहयोग समन्वय महाशाखा प्रमुखलगायत जिम्मेवारी सम्हाल्नेका खनाल अर्थतन्त्रको बाघडोर सम्हाल्न आइपुग्नुभएको हो ।

उच्चस्तरीय आर्थिक सुधार आयोगको संयोजक भएर अर्थतन्त्र सुधार्न उहाँले केहीसमय अघि दिएका सुझावहरु आफैँले कार्यान्वयन गर्ने तहमा पुग्नुभएको छ । खनालको नेतृत्वमै उच्चस्तरीय आर्थिक सुधार आयोगले गत वर्ष आफ्नो प्रतिवेदन बुझाएको थियो ।

आयोगको प्रतिवेदन कार्यान्वयन गर्न अघिल्लो सरकारले मौद्रिक नीति, ब्याजदर, विनिमय दर, मुद्रास्फीति, संस्थागत, कानूनी तथा नीतिगत सुधार, सार्वजनिक खर्च, राजश्व, सार्वजनिक ऋण, सार्वजनिक संस्थान, सामाजिक सुरक्षा, बैङ्किङ, बिमा, पुँजी बजार, सहकारी, वैकल्पिक वित्त, व्यवसाय तथा लगानीको वातावरण निर्माण, कृषि, वन, जमिन तथा खानी, निर्माणजन्य सामाग्रीको दिगो र वातावरणमैत्री उत्खनन जलविद्युत विकास, सूचना तथा सञ्चार प्रविधि, भौतिक पूर्वाधार विकास, सहरी विकास, ऊर्जा विकास, शिक्षा, स्वास्थ्य, बसाइँसराई तथा युवा पलायन, अनुसन्धान तथा विकाससँग सम्बन्धित विषय उल्लेख गरेर कार्ययोजना नै बनाएको थियो ।  उक्त कार्ययोजना कार्यान्वयनको जिम्मेबारी उनै खनालको काँधमा आएको हो । खनाललाई जेन्जी आन्दोलनबाट क्षतिग्रस्त अर्थतन्त्र सुधार्ने समेत चुनौती देखापरेको छ । अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गर्नुपर्ने उनीमाथि जिम्मेबारी रहनेछ भने स्रोतको व्यवस्थापन गरी क्षतिग्रस्त भवनहरु उठाउनुपर्ने जिम्मेबारी खनालको रहनेछ ।

आन्दोलनका कारण ठूलो समस्यामा परेका निजी क्षेत्रको मनोबल उकास्ने गरी आर्थिक प्याकेज ल्याउने समेत जिम्मा खनालको रहन देखिएको छ । सुशासन, भ्रष्टाचार मुक्त नेपाल जेन्जीको मागलाई समेत खनालले आफ्नो कार्यकालमा सम्बोधन गर्नुपर्नेछ ।