३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलबिना गणतन्त्र बाँच्दैन र गणतन्तत्रबिना समाज, छिटो पार्टी पुनर्गठन गरौँः गोकुल बाँस्कोटा



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दललाई छिटो तर सुविचारित ढङ्गले पुनर्गठन गर्नुपर्ने सुझाव दिएका छन् ।

सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भने, “अरु क्षति रोक्न जे भो भो हैन, किन भो, कसरी भो र अब के, कसरी, कहिले गर्ने ? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गरौँ।”

बाँस्कोटाले अप्रिय लागे पनि सत्य स्वीकार्नुपर्ने बताउँदै दलविना गणतन्त्र बाँच्न नसक्ने र गणतन्त्रविना समाज अस्तित्वमा रहन नसक्ने टिप्पणी गरे ।

समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज–विज्ञानका नियमले नेतृत्व परिवर्तन गराउने भएकाले सबै तयार रहनुपर्ने उनको भनाई छ ।

उनले फेसबुकमा राखेका छन्–

अरु क्षति रोक्न जे भो भो हैन किन भो कसरी भो र अब के कसरी,कहिले गर्ने ? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गरौ।अप्रिय लाग्ला तर सत्य यै हो कि दलविना गणतन्त्र बाच्दैन र गणतन्तत्रविना समाज।समय,परिवेश,प्रकृति,प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनै पर्छ।