२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलबिना गणतन्त्र बाँच्दैन र गणतन्तत्रबिना समाज, छिटो पार्टी पुनर्गठन गरौँः गोकुल बाँस्कोटा



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले दललाई छिटो तर सुविचारित ढङ्गले पुनर्गठन गर्नुपर्ने सुझाव दिएका छन् ।

सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भने, “अरु क्षति रोक्न जे भो भो हैन, किन भो, कसरी भो र अब के, कसरी, कहिले गर्ने ? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गरौँ।”

बाँस्कोटाले अप्रिय लागे पनि सत्य स्वीकार्नुपर्ने बताउँदै दलविना गणतन्त्र बाँच्न नसक्ने र गणतन्त्रविना समाज अस्तित्वमा रहन नसक्ने टिप्पणी गरे ।

समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज–विज्ञानका नियमले नेतृत्व परिवर्तन गराउने भएकाले सबै तयार रहनुपर्ने उनको भनाई छ ।

उनले फेसबुकमा राखेका छन्–

अरु क्षति रोक्न जे भो भो हैन किन भो कसरी भो र अब के कसरी,कहिले गर्ने ? छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनगठन गरौ।अप्रिय लाग्ला तर सत्य यै हो कि दलविना गणतन्त्र बाच्दैन र गणतन्तत्रविना समाज।समय,परिवेश,प्रकृति,प्रकृया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ सबै तयार हुनै पर्छ।