२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा

जेनजी आन्दोलन: यस्तो थियो अन्तिम मन्त्रिपरिषद बैठक, शीतल निवास र भैरवनाथ गणमा

जेनजी आन्दोलन: यस्तो थियो अन्तिम मन्त्रिपरिषद बैठक, शीतल निवास र भैरवनाथ गणमा
अ अ+ अ-

काठमाडौं । अघिल्लो सोमबारबाट सुरु भएको जेनजी आन्दोलन मंगलबारै निर्णायक बन्न पुग्यो । त्यसैको मध्याह्नदेखि त नेता, मन्त्रीहरु पनि नेपाली सेनाको सुरक्षामा बस्नुपर्ने अवस्था आयो ।

एक मन्त्रीका अनुसार बिहान भैसेपाटीमा रहेको आबासमा ट्राउजर र टिसर्ट लगाई बसिरहेको समयमा नीजि सुरक्षाकर्मीले बाहिरको स्थिति असामान्य भएको र हेलिकप्टर केही मिनेट भित्र नै आउन लागेको हुदा तत्काल बाहिर निस्कन आग्रह गरे । जसका कारण केही पनि सामान झिक्न सकिएन । दुई मिनेट मात्र ढिलो भएको भए अर्को दुर्घटना हुन्थो होला आईतबार भेटिएका ति पूर्वमन्त्रीले भने ।

उनले भने -भाद्र २३ साँझ बसेको बैठकमा प्रधानमन्त्री निकै चिन्तित हुनुहुन्थो ।

प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दे उहाँले भन्नुभयो “यत्रो मानिसहरु कहाँबाट आए यत्रो तयारी हुदा पनि किन सुरक्षाकर्मीले जानकारी गराएनन् । त्यही बेला गृहमन्त्री रमेश लेखकले राजीनाम दिन आउनु भयो । प्रधानमन्त्रीले अस्वीकार गर्नुभयो तर लेखकले आफुले पार्टीलाई जानकारी गराइसकेको ले राजिनामा दिने अडानमा अडिग रहनु भयो । केही मन्त्रीहरुले सेना परिचालन गर्नु पर्ने सुझाब दिएपनि प्रधानमन्त्रीले भोलीबाट अबस्था सामान्य हुने भन्दै सेना परिचालन गर्न नहुने अडानमा रहनु भयो । साथै सामाजिक संञ्जाल खुल्लामा बारेमा पनि प्रधानमन्त्री ओलीले देशलाई हेपेर पत्र पठाएको भन्दै आक्रोशित हुनु भएको थियो । यसै बिच मन्त्रीपरिषद्को बैठक सकिने बित्तिकै काग्रेस सभापति शेर बहादुर देउवा बालुवाटार आउनु भयो र प्रधानमन्त्रीसंग छलफल गरी सामाजिक संञ्जाल खोल्ने निर्णय भयो । मन्त्रपरिषद्को बैठक पनि भएको निर्णयलाई पुन: अगिल्लो निर्णय मा राख्ने काम भयो । त्यसपछि सबैमन्त्रीहरु बालुवाटारबाट निबास तर्फ लाग्यौ ।”

ती मन्त्रीले भन्नुभयो खासमा भन्ने हो भने सरकारलाई तल्लो तहको सुचना थाहा नै नहुने रहेछ । कि जानकारी दिदैनन् कि जानकारी नै पाउदैनन हाम्रा सुरक्षा निकायले ।

उनीहरु अधिकांश सेनाको महाराजगञ्जस्थित भैरवनाथ गणमै राखिए । पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु त्यहीँ थिए । तर उनीहरु खाना खानेबेलामा मात्र भेट हुन्थ्यो, अघिपछि आआफ्ना बसाइमा । यसको मतलब सँगै बस्ने, कुराकानी गर्ने, सरसल्लाह गर्ने आदि अवस्था थिएन, अर्थात् मिलाइएको थिएन ।

उता कांग्रेस सभापति र परराष्ट्रमन्त्री डा आरजु देउवा भने एक अस्पतालमा उपचारत छन् र उनीहरुको उपचार जारी नै रहेको छ । यता प्रधानमन्त्री केपी ओली पनि परिवारसहित सोही गणमा नै रहेका छन् ।

माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड पनि त्यहीँ छन् । त्यस क्रममा उनीहरुबीच पनि भेटघाट र कुराकानी भने हुँदैनथ्यो । बिहान बेलुका खाना खाने बेलामा उनीहरुसँग मन्त्रीहरुको भेटघाट हुन्थ्यो, तर कुराकानी सामान्य नै हुन्थ्यो ।

आन्दोलनका क्रममा निवर्तमान प्रधानमन्त्री केपी ओलीको नाम बाट आन्दोलनरत जेनजी पुस्ताका नाममा एक पत्र सार्बजनिक भएको खबर बिभिन्न संञ्चार माध्याम तथा एमालेका नेता तथा कार्यकर्ताहरुले शेयर गरेपति सेनाले सबैको मोवाईल फोन नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको फोनहरु सनिबार गण बाट बाहिर निस्कने बेला मात्र दिएको एकमन्त्रीले बताए । उ

मंगलबार त्यत्तिकै भयो, बुधबारबाट सरकार निर्माणको प्रक्रिया सुरु भयो । सरकार निर्माणका लागि राष्ट्रपतिले समय समयमा नेताहरुलाई फोन गर्ने र सरसल्लाह लिने गरेका थिए ।

सरकार निर्माणका क्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग समन्वय गर्ने काम गृहमन्त्री रमेश लेखकले गरेका थिए । उनले पार्टी सभापति देउवाको कुरा र प्रधानमन्त्रीको कुरा राष्ट्रपति रामचन्द्र पौडेललाई दिने गर्दथे ।

सरकार निर्माणका क्रममा राष्ट्रपतिको पक्षबाट समन्वय गर्नेकाम राष्ट्रपति कार्यलयका सचिब र केही अधिवक्ताहरुले गरेका थिए भने अर्कातर्फबाट अर्थात् जेनजीको पक्षबाट गर्ने ओमप्रकाश अर्याल थिए । अर्यालले जेनजीको कुरा सुन्थे र महानगर प्रमुख बालेनसँग भेरिफाइ गरेर त्यस पक्षका प्रस्तावहरु राष्ट्रपति समक्ष राख्ने गर्दथे ।

बालेन भने राष्ट्रपतिसँगको कुराकानीमा देखिएनन् एकजना मन्त्रीले भने । उनले भने बरु बालेनका कुरा कुनै बेला ओमप्रकाशले र कुनै बेला प्रधान सेनापतिले नै राष्ट्रपति समक्ष पुर्याउने गरेका थिए । अन्तत: प्रधानमन्त्री छानिने दिन चाहिँ यी सबैको पक्षबाट समन्वय गर्ने काम रमेश लेखकले गरेका थिए ।

एकजना मन्त्रीले भने, सबैको मुखमा निराशा त थियो नै, त्यसका बाबजुद पनि उनीहरु आफ्ना कार्यकर्ताहरुसँग कुरागर्ने, सबै ठिक हुन्छ हामी सच्चिएर आउँछौँ चिन्ता नगरी बस्नु भनेर ढाडस दिइरहेका थिए ।

माओवादी अध्यक्ष प्रचण्ड भने त्यस्तो कुनै हतास देखिँदैनथे । उनले सबै ठिक हुन्छ नै भन्ने गर्दथे । रमेश लेखक राजनीतिक कुरा नै गर्दैनथे ।

त्यसबीचमा राजनीतिक दलका तर्फबाट पनि एकएक जना प्रनितिधिका रुपमा मन्त्री पठाउने कि भन्ने चर्चा पनि भएको थियो । यसरी पठाउँदा पार्टीका नेता या सांसद होइन कि कुनै गैरराजनीतिक व्यक्तिलाई दलको प्रतिनिधिका रुपमा पठाउने भन्ने प्रसंग उठे पनि नेताहरुले भने त्यसो गर्न मानेका थिएनन् ।

अहिले भने सबैजना मन्त्री घर फर्किएका छन् भने पूर्व प्रधानमन्त्रीहरु त्यहीँ छन् । देउवा दम्पत्ति उपचारमै छन् । सभापति देउवाको शरीरमा धेरै चोट देखिएकाले उपचारका क्रममा लामो समय लाग्न सक्ने चिकित्सकहरु बताउँछन् ।