२४ मंसिर २०८२, बुधबार
,
Latest
किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

खनाल, घिसिङ र अर्याल मन्त्रीमा नियुक्त, सपथ भोलि



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्री नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले केही समय अघि पूर्वअर्थ सचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्रीमा नियुक्त गर्नुभएको हो ।

पूर्वअर्थ सचिवसमेत रहेका खनाललाई अर्थ, अधिवक्ता ओमप्रकाश अर्याललाई गृह र कानुन तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

उहाँहरुको सपथ भोलि सोमबार हुने बताइएको छ ।