४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

सीजन मिडियाको अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड सम्पन्न

सीजन मिडियाको अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड सम्पन्न
अ+ अ-

अस्ट्रेलिया: सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको सहकार्यमा प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५ अस्ट्रेलियामा आयोजना गरी सम्पन्न गरेको हो।

लामो समयदेखि अस्ट्रेलियामा आएर विभिन्न पेशा व्यवसाय गरी सफलता प्राप्त गर्नुभएका व्यावसायिक व्यक्तित्वहरूको लागि सम्मान समर्पित गरिएको हो ।

कार्यक्रमको मुख्य अतिथि अस्ट्रेलियाको भिक्टोरियामा नेपालका मानार्थ वाणिज्यदूत,  निराजन गौलीको उपस्थिति रहेको थियो। उहाले अवार्ड प्राप्त गर्नेहरूलाई बधाई दिँदै नेपाली समुदायभित्र पेशागत उत्कृष्टतालाई सम्मान गर्नको महत्वबारे प्रकाश पार्नुभयो। “यस्ता कार्यक्रमहरू केवल अवार्ड वितरणका लागि होइन, “यो कार्यक्रम परिश्रमको उत्सव हो, युवा पुस्तालाई प्रेरित गर्दछ र अस्ट्रेलियामा नेपाली व्यावसायिक व्यक्तित्वहरूको योगदानको सम्मान सम्मान गर्ने बताउनुभयो ।

उक्त अवार्ड कार्यक्रममा कानून, व्यवसाय, शिक्षा, अनुसन्धान, समुदाय सेवा, मिडिया, प्रविधि र उद्यमशीलता जस्ता विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूको लागि अवार्ड वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष प्रदिप राज वन्तले बताउनु भयो । उक्त कार्यक्रम अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यले सञ्चालन गर्नुभएको थियो।

अवार्ड कार्यक्रममा नेपालबाट अस्ट्रेलिया आएर विभिन्न पेशा व्यवसायमा संलग्न रहनुभएका सफल व्यवसायीहरू नेपाली मूलका विशिष्ट वकिल श्री टोनु घोठाने लाई उत्कृष्ट कानुनी तथा वकालत अवार्ड प्रदान गरियो, योगेन्द्र राज जोशी, गोर्खा समाज अस्ट्रेलियाका अध्यक्ष, लाई उत्कृष्ट रियल इस्टेट तथा सामुदायिक नेतृत्व अवार्ड , त्यसैगरी परसुराम शर्मा लुइटेललाई शरणार्थी वकालत र बहुसांस्कृतिक नेतृत्वमा अवार्ड , युथ बिजनेस अवार्डवाट युवा व्यवसायी रन्जित राज वन्तलाई प्रदान गरिएको थियो।

त्यसैगरी निराजन शिवाकोटी, RMIT सिटी क्याम्पसका प्राध्यापकलाई शैक्षिक योगदानका लागि अनुसन्धान तथा नवप्रवर्तन उत्कृष्टता अवार्ड प्रदान गरिएको थियो। शिक्षा क्षेत्रमा उल्लेखनीय योगदानका लागि ईश्वर दाहाललाई शिक्षा नेतृत्वमा उत्कृष्टता अवार्ड प्रदान गरियो भने सैवाल न्यौपानेलाई उद्यमशीलतामा योगदानका लागि युवा वकालत तथा उदाउँदो उद्यमी अवार्ड बाट सम्मानित भए।

ऐश्वर्या कंसकार लाई प्रविधि र शिक्षामार्फत युवालाई सशक्त बनाएको योगदानका लागि युवा प्रविधि तथा शिक्षा सशक्तीकरण अवार्ड प्रदान गरियो।

डा. जमुना पराजुलीलाई महिला नेतृत्व तथा सशक्तिकरण वकालत अवार्ड दिइयो। मिडिया क्षेत्रमा उत्कृष्टता प्रदर्शन गरेकोमा चिरञ्जीबी राज देवकोटा लाई प्रवासी मिडिया नेतृत्वमा उत्कृष्टता अवार्ड प्रदान गरियो।

रन्जीत शाह लाई भिक्टोरियाको वित्तीय सेवामा उल्लेखनीय योगदानका लागि वित्तीय सेवामा उत्कृष्ट योगदान अवार्ड प्रदान गरियो। त्यस्तै, स्वास्थ्य शिक्षामा योगदानका लागि बसन्त बगाले लाई स्वास्थ्य शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान अवार्ड दिइयो। श्री शेष घले, मेलबर्न इन्स्टिट्युट अफ टेक्नोलोजीका संस्थापकलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो।

शिक्षा क्षेत्रमा नेतृत्व देखाएकोमा रामचन्द्र पौडेललाई अन्तर्राष्ट्रिय शिक्षा नेतृत्वमा उत्कृष्टता अवार्ड दिइयो भने युवा शिक्षा तथा आप्रवासन सेवामा योगदानका लागि सागर शाही लाई युवा शिक्षा तथा आप्रवासन सेवा अवार्ड प्रदान गरियो।

पर्यावरणीय दिगोपन र व्यवसायिक क्षमतामा रविन्द्र राज रेग्मी अवार्ड प्रदान गरियो। त्यसैगरी नेपाली संस्कृति र समुदायलाई प्रवर्द्धन गरेकोमा डी. बी. थापा लाई समुदाय नेतृत्व तथा सांस्कृतिक प्रवर्द्धन अवार्डबाट सम्मानित गरियो।