काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको अत्यन्त आवश्यक संस्थाहरु छानीछानी आगजानी गरिएको बताउनुभएको छ ।
सिंहदरबारमा आईतवार प्रधानमन्त्रीको पदभार ग्रहणपश्चात आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुरक्षा निकाय, अदालत, प्रशासनिक भवनहरुमा आजगानी हुँदा महत्वपूर्ण कागजातहरु नष्ट भएको बताउनु भयो । यहाँले यो देखेर आफूलाई लाज लागेको पनि बताउनु भयो । नेपाली भएर कसैले यस्तो काम गर्छ ? भन्ने उहाँको प्रश्न छ ।
उहाँले सरकारी संस्थामा आगजानी गर्नेलाई नेपाली कसरी भन्ने ? प्रश्न गर्नुभयो । उहाँले यसप्रकारको घटना पहिलो पटक भएको पनि बताउनु भयो । उहाँले पूर्वतयारीअनुसार नै यस किसिमको घटना भएको आशंका गर्नुभयो । उहाँले भौतिक क्षतिलाई बनाउन सकिएपनि महत्वपूर्ण दस्तावेजहरु अब पाउन नसकिने उल्लेख गर्नेभयो । उहाँले आगजानी गर्नेलाई अनुसन्धान गरेर कारबाहीको दायरमा ल्याउने पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरु छ, त्यसमा छानी छानी प्रहार भएको छ । प्रहरीहरु सुरक्षाको लागी अनिवार्य थिए, तिनलाई प्रहार भयो, ती विटहरु, प्रहरीको चौकी थानाहरु जले । अदालतका फाईलहरु सम्पूर्ण नष्ट भएर गयो । हाम्रै सिंहदरबारभित्रका पनि कयौँ त्यस्तो पुराना फाईलहरु थिए, ती नष्ट भएर गए । बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरु यो देशको, जसले चाहीँ शासन चलाएको छ, ती भवनहरु, ती मिसिल, कागजहरुबाट त्यो हाम्रो नष्ट भयो । मलाई यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ? मान्छेले ज्यान मार्छ, भवनहरु लुट्ला भत्काउला बेग्लै कुरा भयो तर यो घटना त मलाई लाग्छ देशमा नै पहिलो पटक भएको हो । यस किसिमबाट अहिले हाम्रो संस्थाहरु अनुहार देखाउन नसक्ने अवस्था बनाएर क्षति गरेको छ । मलाई लाग्छ, यो पूर्वतयारीअनुसार षड्यन्त्र नै भएको हो की भन्ने लाग्छ । यो अनुसन्धान हुन बाँकी छ । अनुसन्धान गरेर यसरी प्रहार गर्नेहरुलाई, नोक्शान गर्नेहरुलाई अपरिहार्य वस्तुलाई माटोमा मिलाउने काम गरिएको छ । त्यसलाई छोड्नुपर्ने अवस्था छैन । यसको कारबाही हुनुपर्छ ।’
उहाँले प्रहरीका बिटहरु, सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, सिंहदरबार लगायतमा लगाइएको आगोले सम्पूर्ण नष्ट भएर देश शुन्यमा पुगेको बताउनु भयो । जेन जी नामका आन्दोलनमा भदौ २४ गते प्रर्दशनकारीहरुले विभिन्न सरकारी संस्था, राजनितिक दलका पार्टी कार्यलय, व्यवसायिक प्रतिष्ठान तथा व्यक्तिका घरहरुमा आगजानी गरेका थिए ।










